काठमाडौं । सत्तारुढ दल नेकपा ओली पक्षका नेताहरु संघीयता पनि समाप्त पार्नुपर्ने पक्षमा देखिएका छन् । ओली पक्षकी सांसद तथा प्रतिनिधी सभा महिला तथा सामाजिक समितिकी सभापति निरु पालले संघीयता खारेज गर्नुपर्ने बताउनु भएको छ । सामाजिक सञ्जाल फेसबुक मार्फत उहाँले संघीयता खारेज गरेर निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था गर्न सुझाव दिनु भएको छ ।

 

सांसद पालले लेख्नु भएको छ, ‘सम्माननीय प्रधानमन्त्री ज्यु आट गर्नुस् संघीयता खारेज गरेर प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र संसद को सिट १०५ केन्द्र को मन्त्रिमण्डल बढीमा १५ सदस्यीय र भ्रष्ट्राचारीलाई जेलको कालकोठरीमा सडाउने आट गर्नुस् नेपाली जनताको मनमस्तिस्कमा सधै बस्नुहुनेछ। मेरो ब्यक्तिगत बिचार।’ गत पुस पाँच गते प्रधानमन्त्री ओलीले प्रतिनिधी सभा विघटन गरेपछि नेकपाको प्रचण्ड–नेपाल पक्ष आन्दोलनमा छ ।

प्रतिपक्ष कांग्रेस जनता समाजवादीसहित सबै विपक्षी पार्टी पनि सडकमै छन् । राप्रपा पनि राजसंस्था र हिन्दु राष्ट्रको मागसहित सकडमा निस्केको छ । सरकार यसलाई आगामी बैशाख १७ र २७ गते हुने निर्वाचनको तयारीको रुपमा ब्याख्या गर्दै आएको छ । नेकपामा विवाद बढ्दै जाँदा प्रधानमन्त्री ओलीले संसद विघटन गरेर बैशाख १७ र २७ गते चुनावको घोषणा गर्नुभएको थियो ।

https://www.facebook.com/niru.pal.58/posts/3639867122756169

सम्बन्धित खबरहरु