काठमाडौं । दोस्रो संविधान सभा निर्वाचनमा नेकपा अध्यक्ष प्रचण्डले कसरी जित हाँसिल गरेको भन्ने कुराको खुलासा भएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली पक्षका स्थायी कमिटी सदस्य लेखराज भट्टले दोस्रो संविधान सभा चुनावमा अध्यक्ष प्रचण्डलाई धाँधली गरेर सिराहाबाट जिताइएको खुलासा गरेका छन् ।

लामो समय प्रचण्डसँग रहेर काम गरेका भट्ट तात्कालिन माओवादी केन्द्रका निकै प्रभावशाली नेताका रुपमा रहेका थिए । अहिलेको सरकारका मन्त्री समेत रहेका प्रचण्डले भट्टले चुनाव हारेपछि धाँधली गरेर जिताइएको खुलासा गरेका हुन् । उनका अनुसार बत्ती निभाएर, बाकस साटेर प्रचण्डलाई सिरहाबाट जिताइएको हो ।

नेकपाका सुदूर पश्चिमका कार्यकर्ताहरुको केही दिन पहिले राजधानीमा भएको भेलामा आपुर्तिमन्त्रीसमेत रहेका नेता भट्टले त्यस्तो बयान दिएका हुन् । सोही कार्यक्रममा प्रचण्डतर्फ संकेत गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले अबको निर्वाचन त्यस्तो नहुने जिकिर पनि गरेका थिए ।

भट्टको दावी अनुसार प्रचण्डले केटाकेटीले लडीबुडी खेले जसरी लडीबुडी गर्दै प्रधानमन्त्री पद मागिरहेका छन् । उनले प्रचण्डलाई चुनावमा गएर नेतृत्वमा आउने कुरा मान्य नभएको पनि खुलासा गरेका थिए ।

सम्बन्धित खबरहरु