काठमाडौं । एक महिला प्रहरी अधिकारीले फूल जस्तो जिन्दगीबाट सँधैका लागि विदा भएकी छिन् । महिला प्रहरी अधिकारीको त्यो निधन अहिलेपनि सल्टिएको छैन । भारत उत्तर प्रदेशको बुलन्दशहरमा तैनाथ प्रहरी निरिक्षक ( सब इन्स्पेक्टर ) अर्जु पानवारको मृत्यु प्रकरण अहिलेसम्म सुल्झिएको छैन ।

 

उनको मृत्युको कारण पत्ता लगाउन गरिने सबै रिपोर्ट आउन बाँकी छ, साथ साथै प्रहरी उपरीक्षकको फोनको लक पनि खोलिएको छैन । अर्जु तीन दिन अघि शुक्रबार राति आफ्नो भाडाको घरमा मृत अवस्थामा फेला परेकी थिइन् । उनको कोठामा एक नोट फेला परेको छ । उक्त पत्रमा भनिएको छ, ‘यो मेरो कार्यहरूको फल हो ।’

घरबेटीका अनुसार घटना हुनुभन्दा अघि अर्जु एकदम सामान्य मुडमा थिइन् । उनी एक महिला सिपाहीसँग कफी पिउन गइन् र दुबै किनमेल गर्न गएका थिए । यस समयमा उनले पसलबाट टाउको दुख्ने समस्याको औषधि पनि लिएको खुलेको छ । अर्जु पानवारका बुबा कृष्ण पालले उनी चार भाइबहिनीमध्ये कान्छी रहेको बताएका छन् ।

 

उनकी दिदी सोनिया र दुई दाजु सोनु र मनीष रहेका छन् । सोनू दुबईमा इञ्जिनियर छन् र मनीष सेनामा छन् । सन् २०१५ मा अर्जुलाई प्रहरी विभागमा भर्ना गरिएको थियो र हाल उनी अनुपशहर कोतवालीमा रहेकी थिइन् । गाउँलेहरु भन्छन् कि अर्जु जो एक साधारण परिवार बाट आएकी थिइन् । कुशल, मिलनसार र आफ्नो काम को लागि एकदम सक्रिय रहने गर्थिन् ।

 

घरबेटी विपिन शर्माले अर्जुसँग आफ्नो पारिवारिक सम्बन्ध रहेको कुरा उल्लेख गरेका छन् । उनका अनुसार अर्जुले उनीहरुको भान्सामा खाना खाने गर्थिन् । रक्षाबन्धनको समयमा उनलाई दाई बनाएर उनले रक्षाबन्धन पनि बाँधेकी थिइन् । एसएसपी सन्तोष कुमारले अनूपशहर कोतवालीमा तैनाथ महिला उपनिरीक्षकको बारेमा मृत्युको कारण पत्ता लगाउने रिपोर्टहरु अहिलेसम्म नआएको जानकारी दिएका छन् ।

 

उनको मोबाइल फोनको लक अझै खोलिएको छैन । फोन खुलेपछि मात्र घटनाको थप खुलासा हुने उनको विश्वास रहेको छ । महत्त्वपूर्ण कुरा, अर्जु पानवारको अप्रिलमा विवाह हुनुपर्ने थियो ।

 

उनी एन्टी रोमियो अभियानमा पनि जिम्मेवार थिइन् । उनी केही दिन अघि बिदा लिएर अनूपशहर आएकी थिइन । उनका बुबाका अनुसार घरमा कुनै समस्या थिएन । उनको मृत्युको कारण प्रेम हो की भन्ने आंशका गरिएको छ ।

 

 

सम्बन्धित खबरहरु