protest-on-ca-14

मंगलबार मध्यरातको संविधान सभा बैठकमा एकीकृत नेकपा माओवादीका सभासदले तोडफोड र हुलहुज्जत गर्दा संविधान सभा रणभूमी जस्तै बनेको छ ।

विपक्षी मोर्चाको तोडफोडका कारण संविधानसभाका कुर्सी र माइकहरु भाँचिएर छरपस्ट भएका छन् भने तीन जना मर्यादापाल घाइते भएका छन् ।

राति साढे १ बजे संविधानसभामा डा. बाबुराम भट्टराईले बोलिसकेपछि सभाध्यक्ष सुवास नेम्वाङले प्रश्नावली समिति बनाउन लाग्दा एमाओवादी नेतृत्वमा विपक्षी सभासद रोष्टमतर्फ अघि बढेका थिए ।

एमाले अध्यक्ष, उपाध्यक्ष माथी आक्रमण । 

protest-on-ca-16 

एमाओवादी सभासदहरुले संविधानसभाभित्र तोडफोड र हुलहुज्जत गर्ने क्रममा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष विद्या भण्डारी माथि समेत आक्रमण भएको छ ।
सभाध्यक्ष सुवास नेम्वाङले प्रश्नावली समिति बनाउन लाग्दा एमाओवादी नेतृत्वमा विपक्षी सभासदहरुले नाराबाजी गर्दै रोष्टम घेराउ गरे । केहीबेरको नाराबाजीपछि सभाध्यक्षले बैठक स्थगित गरेपछि माओवादी सभासदहरु तोडफोडमा उत्रिए ।

त्यस क्रममा आफूमाथि आक्रमण भएको एमाले अध्यक्ष ओलीले बताएका छन् । ‘मलाई नै ताकेर हान्ने काम भएको छ । मलाई माइकले छातीमा हान्ने काम भयो’ सञ्चारकर्र्मीरुसँग कुरा गर्दै ओलीले भने ‘यस्ता घटनाबाट म डराउँदिँन ।’

आक्रमण गर्नेलाई चिन्नुहुन्छ ? भन्ने सञ्चारकर्मीको प्रश्नमा ओलीले भने ‘चिन्ने कष्ट गर्नु पर्दैन ।’

प्रतिवाद गर्नै पर्दैन : ओली

अब कसरी प्रतिवाद गर्नुहुन्छ भन्ने प्रश्नमा ओलीले जसले जुन बाटो लिन्छ, त्यसको परिणाम उसले पाउँछ भन्दै त्यस्ताको प्रतिवाद गर्नु नपर्ने बताए ।’

माओवादीले संविधानसभामा तोडफोड गरेर असली रुप देखाएको ओलीले टिप्पणी गरे । उनले भने ‘बैठक स्थगित भएपछि फर्निचर तोडफोड, माइक भाँचभुाच भो । थकाइ लागुन्जेल माओवादीले आफ्नो असली रुप देखाए ।’

ओलीले संविधान बनाउने ठाउँमा कस्ता मानिस आएका रहेका छन् भन्ने प्रष्ट भएको भन्दै उनले बाँदरे घुर्की देखाउने र झट्टी हान्ने काम भएको बताए ।

उनीहरुलाई सम्झाउने प्रयास गर्ने भन्दै उनीहरुले सम्झौता भने नगर्ने बताए । एमाले अध्यक्ष ओलीले भने ‘उग्रपन्थीहरुलाई १२ बुँदे सम्झौता गर्दै यहाँसम्म ल्याइएको छ, अझै सम्झाउने बुझाउने काम जारी रहन्छ ।’

ओलीलाई आक्रमण भएपछि छेक्ने क्रममा एमाले मोरङ १ का सभासद ऋषिकेश पोखरेललाई पनि लागेको छ । घटनापछि पोखरेलले भने ‘ओलीलाई आक्रमण गर्न आएको देखेपछि मैले रोकेँ । उसले मलाई कम्बरमा हान्यो र माइकको झटारो विद्या भण्डारीलाई पनि लाग्यो ।’

बैठकपछि एमाले उपाध्यक्ष भण्डारीले सम्वाद समितिका सभापति समेत रहेका माओवादी नेता डा. बाबुराम भट्टराईकै निर्देशनमा छानेर आक्रमण भएको बताइन् ।

सभाध्यक्षले बैठक स्थगनको घोषणा गरेपछि सत्तापक्षका सभासदहरु बाहिर निस्कन थाले भने एमाओवादी सभासदहरु आफैं बसेको कुर्सीमाथि चढेर तोडफोडमा उत्रिए ।

सभाध्यक्षले बैठक स्थगित गरिसक्दा पनि एमाओवादी सभासदहरुले अराजक ढंगले संविधानसभाभित्र तोडफोड गरिरहेको दृश्य निकैबेरसम्म देखिएको थियो ।

बैठक स्थगित भइसकेपछि संविधानसभाभित्र गरिएको तोडफोड पार्टीनीति विपरीत थियो भन्ने एमाओवादी सचेतक गिरिराजमणि पोखेरलको गतिविधिले देखाएको थियो ।

एमाओवादी सचेतक पोखरेलले आफना दलका सभासदलाई तोडफोड नगर्न हातले बारम्बार इशारा गरिरहेका थिए, तर सचेतकको आग्रहलाई कुनै बेवास्ता नगरी सभासदहरुले कुुर्सीमाथि चढ्दै उपद्रो मच्चाउँदै निकैबेर तोडफोड गरेका थिए ।
दुई पक्षीय झडप र हानाहान नभएको र बैठक स्थगित भइसकेको अवस्थामा एमाओवादी सभासदहरु एकतर्फी रुपमा तोडफोडमा उत्रिएका थिए ।

आफ्ना सभासदले तोडफोड गरिरहँदा पूर्वप्रधानमन्त्रीद्वय प्रचण्ड र बाबुराम संविधानसभाभित्रै थिए ।

सभाध्यक्षमाथी नै आक्रमणको प्रयास

protest-on-ca-8

संविधान सभाबाट प्रत्यक्ष प्रशारण गरिरहेको दृष्यमा देखिएका एक सभासदले जुत्ता फुकालेर मोजा मात्रै लगाएका थिए ।

उनी बारम्बार सभाध्यक्ष सुवास नेम्वाङको कार्य कक्षतिर उक्लने प्रयासमा थिए । कम्मरमा फेटा कसेका उनी सभाध्यक्षलाई नै आक्रमणको प्रयास गरिरहेका थिए ।

संविधानसभा अध्यक्षमथि नै आक्रमण गर्ने प्रयास स्वरुप उनी बुरुक उफ्रिएर सभाध्यक्षको आसनतिर हान्निए । केहीबेरको प्रयासमा उनी माथि उक्लन्छन् । तर, मर्यादा पालकबाट भुईमै थेच्चारिन बाध्य हुन्छन् ।

उसो त लेखा समितिका सभापति एवं पूर्वमन्त्री जनार्दन शर्मा प्रभाकर, सभासद अमनलाल मोदी सहितका केही सभासद पनि मर्दायापालकसँग जोरी खोज्दैथिए ।

धकेलाधकेलहुँदा प्रभाकरले मर्यादापालकले कोटमा समाएपछि उनले पख्लास् भन्ने शैलीमा औला ठड्याए । माओवादी सभासहरुले बुरुक्क उफ्रिएर सभाध्यक्षको आसनतर्फ जाँन खोज्दा मर्यादापालक भने दुई हात जोडेर नगर्नुस् भनिरहेका थिए ।

पुरुष सभासदजस्तै महिला सभासदले पनि मध्यरातमा संविधानसभाभित्र ‘बहादुरी’ देखाउने असफल प्रयास गरिन् । सेतो कोट र पाइन्टमा सजिएकी एक सभासद पनि आक्रमणका लागि उद्त देखिन्थीन् ।

10369975_1041888409171100_8127572110996674583_n 10389129_1041888469171094_4930049538228107757_n 10931441_1041888522504422_8070173332285877030_n 10933837_1041888289171112_2150352657985280666_n

सम्बन्धित खबरहरु