काठमाडौ । देशका विभिन्न भागमा भारी हिमपात भएको छ । आइतबार साँझदेखि हिमपात भएपछि हुम्लामा विमान सेवासमेत अवरुद्ध भएको छ । विमान नै हिउँले ढाकेको छ । उडान रोकिएपछि सिमकोटबाट नेपालगञ्ज, सुर्खेत, काठमाडौंलगायतका स्थानमा जाने तयारी गरेका यात्रुहरू हुम्लामै रोकिन बाध्य भएका छन् ।

 

पश्चिमी वायुको प्रभावसँग उच्च पहाडी र हिमाली जिल्लाहरुमा हिमपात भइरहेको छ । हुम्ला सदरमुकाम सिमकोटसहित उत्तरी नाम्खा गाउँपालिकाको हिल्सा नाका जाने नारा लेख, लिमि जाने न्यालु लेख लगायतका स्थान हिउँले ढाकिएर सेताम्य भएका छन् ।

 

सम्बन्धित खबरहरु