काठमाडौं । सत्तारुढ दल नेकपाभित्र जारी विवादबीच प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद बैठक बोलाउनु भएको छ । आज अपराह्न ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्ने जानकारी दिइएको छ ।

एक मन्त्रीका अनुसार आजको बैठक नियमित मन्त्रिपरिषद बैठक रहेको छ । आजको बैठकमा विभिन्न मन्त्रालयबाट आएका एजेण्डामाथि छलफल हुने बताइएको छ । पछिल्लो राजनीतिक घटनाक्रमलाई लिएर पनि बैठकमा चर्चा हुनसक्ने जानकारी दिइएको छ ।

 

सम्बन्धित खबरहरु