काठमाडौं । पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता गगन थापा पक्राउ पर्न सक्ने देखिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध अशोभनीय शब्दहरु प्रयोग गरेको आरोपमा उहाँ पक्राउ पर्न सक्ने जनाइएको छ । राष्ट्रपति जस्तो गरिमामय संस्था विरुद्ध अन्गर्ल प्रचार गरेको, अशोभनीय शब्दहरु प्रयोग गरेको भन्दै सरकारले कारवाही गर्न खोजेको कुरा बाहिर आएको छ ।

 

स्रोतका अनुसार गृहमन्त्री राम बहादुर थापा ‘बादल’ले गगनलाई नियन्त्रणमा लिन ‘ग्रिन सिग्नल’ दिइसक्नु भएको छ । पूर्वमन्त्री थापालाई गर्ने कारवाही जायज ठहराउन आइतबार नै नेकपा (ओली पक्ष) को भातृ संस्था अखिल नेपाल महिला संघमार्फत राष्ट्रपति विद्या देवी भण्डारी माथि अशोभनीय र अराजक नाराबाजी गर्नेहरु विरुद्ध कारबाहीको माग गर्दै ज्ञापनपत्र बुझाइएको छ ।

 

संसद् विघटनविरुद्ध भएको आन्दोलनका क्रममा केही व्यक्तिहरुले राष्ट्रपति भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीमाथि गलत शब्दहरुको प्रयोग गरेका थिए । लोकतन्त्रमा असन्तुष्ट पक्षहरुले सभा जुलुस गर्ने तथा आफ्नो विचार अभिव्यक्त गर्ने स्वतन्त्रता भएपनि राष्ट्रपतिविरुद्ध अमानवीय, अर्मयादित, अशोभनीय तथा अराजक अभिव्यक्ति आएको भन्दै आपत्ति जनाइएको छ ।

 

ज्ञापनपत्र बुझ्दै गृहमन्त्री रामबहादुर थापाले राष्ट्रपतिमाथि अशोभनीय र अर्मयादित विषय उठाइएको प्रति सरकारको ध्यानाकर्षण भएको जानकारी दिनुभएको थियो । थापाले सम्बन्धित निकायलाई छानबिन गरी कारबाही गर्न निर्देशन दिनु भएको छ ।

 

गगन थापा केही समय देखि राष्ट्रपति विरुद्ध व्यक्तिगत रुपमा प्रस्तुत हुँदै आउँनु भएको छ । थापाले राष्ट्रपति देशको नभई केपी ओली गुटको नेता भएको आरोप लगाउँने लगायत कुराहरु चर्को रुपमा उठाउँदै आउँनु भएको छ ।

 

 

सम्बन्धित खबरहरु