काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यस्तो जानकारी दिएको हो । मन्त्रालयका अनुसार संक्रमित हुनेमा १५९ जना महिला र २४४ जना पुरुष रहेका छन् । गत २४ घण्टामा ४ हजार ४०१ पीसीआर परीक्षण गरिएको छ ।

अर्कोतिर देशभर हालसम्म १९ लाख ५२ हजार ९०३ पीसीआर परीक्षण गरिएको छ । योसँगै देशभर संक्रमितको कुल संख्या २ लाख ६२ हजार २६२ पुगेको छ । सक्रिय संक्रमितको संख्या ५ हजार २८९ छ भने क्वारेन्टाइनमा ३४२ जना रहेका छन् ।

जानकारी अनुसार २४ घण्टामा ५९४ जना निको भइ डिस्चार्ज भएका छन् । यो सँगै कोरोनाबाट निको हुनेको संख्या २ लाख ५५ हजार ८८ पुगेको छ । २४ घण्टामा कोरोनाबाट ७ को मृत्यु भएको छ र हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ८८५ रहेको छ ।

सम्बन्धित खबरहरु