काठमाडौं । भारतीय सुरक्षाकर्मीको गो*ली लागेर दोधाराचाँदनी–१ का अन्दाजी १६ वर्षीय नरेन्द्र लुहार आज साँझ घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाका अनुसार लुहारको खुट्टामा गो*लीको छर्रा लागेको छ ।

“भारतीय वन क्षेत्र गठिगोठमा गएका बेला लुहारमाथि गो*ली लागेको भन्ने कुरा बुझिएको छ”, उहाँले भन्नुभयो, “भारतीय वन रक्षकले गो*ली चलाएको हुन सक्ने अनुमान गरेका छौँ । विस्तृत विवरण अनुसन्धानपछि थाहा हुन्छ ।”

घाइते लुहारलाई उपचारका लागि महाकाली अस्पताल ल्याउने कार्य भइरहेको छ । साँझ ६ बजेर ३० मिनेट जाँदा लुहारमाथि गो*ली चलाइएको बताइएको छ । गो*ली किन चलाइएको भन्नेबारे खुल्न सकेको छैन ।

सम्बन्धित खबरहरु