काठमाडौं । विश्वका सर्वाधिक वायु प्रदुषण भएका शहरहरुमा काठमाडौं पनि परेपछि सरकारले अनावश्यक रुपमा बाहिर नजान अनुरोध गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मर्निङवाक पनि नगर्न आग्रह गरेको छ । अत्यधिक वायु प्रदुषणले जनस्वास्थ्यमा असर पर्न सक्ने भन्दै मंगलबार मन्त्रालयले यस्तो आग्रह गरेको हो ।

मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘मर्निङवाकमा जाने वा घर बाहिर गएर शारीरिक व्यायाम गर्ने गरिएको छ भने केही दिनका लागि रोकौं ’ मन्त्रालयले फोहोर नचलाउन र अत्यावश्यक नभई सवारी साधनहरू नचलाउन भनेको छ ।

सम्बन्धित खबरहरु