काठमाडौं । एक चर्चित बलिउड अभिनेत्री ह्याकरहरुको निशानामा परेको खुल्न आएको छ । अभिनेत्री अमीषा पटेल ह्याकरहरूको निशानामा परेकी हुन् । अभिनेत्रीको इन्स्टाग्राम खाता मंगलबार ह्याक भयो । यद्यपि, मुम्बई प्रहरीको साइबर टोलीले गुनासो प्राप्त भए पछि सक्रिय भएर एक घण्टा भित्रमा यसलाई पुनः प्राप्त गर्न सफल भएको थियो ।

मुम्बई साइबर सेलले जारी गरेको एक विज्ञप्तिमा भनिएको छ कि उनले प्रतिलिपि अधिकार उल्लङ्घन गरेको आरोपमा इन्स्टाग्रामबाट सन्देश प्राप्त भएको थियो । उक्त सन्देश लिएर आएको लिंकमा क्लिक गर्दा अमीषा नक्कली साइटमा पुगेकी थिइन । त्यसपछि उनले आफ्नो खाताको नियन्त्रण गुमाएकी हुन् ।

एक अधिकारीले अगाडि भने, ‘ह्याकरले खाता ब्लक गर्‍यो र त्यसमा भएका सबै सामग्रीहरू हटायो । हामीले इन्स्टाग्रामलाई सम्पर्क गरेर सबै सामग्रीका साथ खाता पुनर्स्थापना गरेका छौं ।’

ह्याकरको बारेमा जानकारी दिँदै ति अधिकारीले भने, ‘त्यो नक्कली लिंक नेदरल्याण्डको यूआरएलबाट पठाइएको थियो जबकि उनको आईपी ठेगानाको स्थान टर्कीमा फेला परेको थियो ।’ यो भन्दा पहिले अभिनेता शरद केलकरले पनि त्यस्तै आफ्नो खाताको नियन्त्रण गुमाएका थिए । त्यसलाई पनि ठीक गर्न प्रयासहरू भइरहेको प्रहरीले जानकारी दिएको छ ।

सम्बन्धित खबरहरु