काठमाडौं । तपाईंलाई एक व्यक्ति पानीको बोतल बेचेर एसियाको सबैभन्दा धनी भयो भन्दा विश्वास नलाग्न सक्छ । तर ति व्यक्तिले भारतको रिलायन्स उद्योगका अध्यक्ष मुकेश अम्बानीलाई पछि पार्दै एसियाको सर्वाधिक धनी व्यक्तिको उपाधि पाउन सफल भएका छन् ।

 

ब्लूमबर्ग बिलियनेर्स इन्डेक्सका अनुसार, अहिले चिनियाँ व्यापारी झोङ्ग शन्सन एसियाकै धनी व्यक्ति भएका हुन् । यससँगै उनी विश्वको ६ औं सबैभन्दा धनी व्यक्ति भएका छन् । उनी पानीको बोतल र कोरोना खोप जस्ता व्यवसाय संग जोडिएका छन् । उनले पत्रकारिता, च्याउ खेती र स्वास्थ्य क्षेत्रमा पनि ठुलो लगानी गरेका छन् ।

 

यस वर्ष उनको कुल सम्पत्ति झण्डै ७१ अर्ब डलरबाट बढेर झण्डै ९२ अर्ब डलर पुगेको छ । उनी अहिले फेसबुकका संस्थापक मार्क जुकरबर्ग भन्दा एक स्थान पछि छन् । ब्लोमबर्ग बिलियनेर्स इन्डेक्सको नयाँ प्रतिवेदनका अनुसार यस बर्ष कसैको सम्पत्ति बृद्धि भएको यो सब भन्दा उच्च रेकर्ड हो ।

 

झोङ्ग शन्सनले यति ठूलो छलांग गरे कि उनले एसियाको सबैभन्दा धनी मानिस मुकेश अम्बानी र चीनको सबैभन्दा धनी मानिस अलीबाबाको ज्याक मालाई समेत छोडेका छन् । ज्याकमा त अहिले चीनमा सबैभन्दा धनी व्यक्तिहरुको सुचीमा तेस्रो स्थानमा रहेका छन् ।

 

 

सम्बन्धित खबरहरु