काठमाडौं । सुन तस्करीको एक अनौठो घटना बाहिर आएको छ । भनिन्छ, जतिसुकै चलाख अपराधी भए पनि ऊ कानुनको नजरबाट उम्कन सक्दैन । भारतमा पनि दुबईबाट फर्केका एक यात्रीलाई त्यस्तै भयो ।

 

पञ्जाबको अमृतसर जिल्लाको श्री गुरु रामदास अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सार विभागले दुबईबाट उडानबाट झण्डै ७६ लाख रुपैयाँ बराबरको सुन नियन्त्रणमा लिएको छ । आरोपितलाई प्रहरीले पक्राउ गरेको छ ।

 

जानकारी अनुसार दुबईबाट सुन ल्याउने ती तस्कर फोमले बनेका थिए र कार्बन पेपरले त्यसलाई प्लेट गरिएको थियो ताकि यसलाई एक्स–रे मेसिनमा फेला पार्न सकिएन । तर भन्सार विभागका अधिकारीहरूले उनको मनसाय असफल पारेका छन् । अब प्रहरी र भन्सार विभाग थप कारवाहीमा जुटेको भारतीय सञ्चारमाध्यमहरुले जानकारी छन् ।

 

 

सम्बन्धित खबरहरु