काठमाडौं । त्रिभुवन विश्वविद्यालय, नेपाल ल क्याम्पसले भर्ना सम्बन्धी अत्यन्तै जरुरी सुचना प्रकाशित गरेको छ । प्रकाशित सुचनामा भनिएको छ, ‘एल.एल.बी. प्रथम वर्ष २०७५–२०७६ समूहमा भर्नाका लागि प्रवेश परीक्षा सम्बन्धी सुचना प्रकाशित गरिएको हो ।

त्रिवि प्राज्ञिक परिषद् स्थायी समितिको मिति २०७७–०७–२७ गतेको निर्णय बमोजिम त्रिवि कानून संकायको च.नं. १२१–०७७–०७८ मिति २०७७–०९–२१ गते यस क्याम्पसको नाममा प्रेषित पत्रानुसार शैक्षिक वर्ष २०७५–०७६ को एल.एल.बी. तह प्रथम वर्षमा यस नेपाल ल क्याम्पसको लागि समावेशी कोटा सहित विद्यार्थी सिट संख्या ६०० निर्धारण भई आएकोले उक्त स्थानमा भर्नाका लागि प्रवेश परीक्षा लिई उत्तीर्ण विद्यार्थीहरूलाई भर्ना गर्नु भनी निर्देशन भए बमोजिम यस क्याम्पसमा सञ्चालन हुने ३ (तीन) वर्षे एल.एल.बी तह प्रथम वर्षमा भर्नाका लागि यस अघि नै प्रवेश परीक्षा फाराम भरिसकेका विद्यार्थीहरूको प्रवेश परीक्षा तपसिल बमोजिम हुने भएकाले सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । थप जानकारीका लागि क्याम्पसको परीक्षा शाखामा सम्पर्क गर्नुहुन सूचित गरिन्छ ।’

प्रवेश परीक्षा हुने मिति र समय : २०७७ साल माघ १७ गते शनिबार, दिउँसो १ः०० बजेदेखि ०४ः०० बजेसम्म

परीक्षा केन्द्र
रोल नं. १ देखि ५०० सम्म नेपाल ल क्याम्पस, प्रदर्शनीमार्ग
रोल नं. ५०१ देखि १५०० सम्मरत्नराज्य लक्ष्मी क्याम्पस, प्रदर्शनीमार्ग
रोल नं. १५०१ देखि २२०० सम्म शंकरदेव क्याम्पस, पुतलीसडक
रोल नं. २२०१ देखि माथिका सबै महेन्द्ररत्न क्याम्पस, ताहाचल

सम्बन्धित खबरहरु