काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी) राष्ट्रिय सीप परीक्षण समितिले सीप परीक्षण सञ्चालन हुने सम्बन्धी जरुरी सूचना प्रकाशित गरेको छ ।
सुचनामा भनिएको छ, ‘राष्ट्रिय सीप परीक्षण समिति तथा तोकिएका सीप परीक्षण केन्द्रहरूमा २०७६ मंसिर, पौष महिनामा सहुलियत शुल्कमा सीप परीक्षणका लागि आवेदन पेस गरी सीप परीक्षणको मिति प्राप्त गरेका तर २०७६ चैत्रबाट कोभिड–१९ का कारण परीक्षण बिचमा रोकिएका तथा शुरु नभएका (वैदेशिक रोजगार बोर्ड लगायत अन्य संस्थाको प्रायोजन समेतका) ब्युटिसियन, बारबर बाहेकका पेसा/व्यवसायहरूको सीप परीक्षण यही २०७७ माघ ०४ गतेबाट संचालन हुने भएको हुँदा परीक्षार्थीहरूले सम्बन्धित सीप परीक्षण केन्द्रमा मिति २०७७ पौष २९ गते सम्म सम्पर्क गर्नुहुन तथा थप जानकारीका लागि मोबाइल नं. ९८५११२७०८०, ९८५११६३९६४ र वेबसाइट मा सम्पर्क गर्न-हेर्नुहुन यो सूचना प्रकाशित गरिएको छ ।
साथै सम्बन्धित सीप परीक्षण केन्द्रहरूले परीक्षार्थीहरूको नयाँ प्रकाशित सीप परीक्षण तालिका अनुसारको प्रवेशपत्र प्रिन्ट गरी वितरण गर्नु गराउन हुन अनुरोध छ ।’ साथै कोरोना संक्रमण जोखिम कायमै रहेकोले सीप परीक्षण सम्बन्धी प्रकृयामा सामेल हुँदा नेपाल सरकारले तोकेका ‚स्वास्थ्य सुरक्षाका मापदण्ड-निर्देशनहरु पूर्ण रूपमा अनिवार्य पालना गर्न गराउन हुन अनुरोध पनि गरिएको छ । यो जानकारी आफुले पढिसकेपछि सबैका लागि सेयर गर्न भुल्नुहुन्न भन्ने विश्वास छ ।