काठमाडौं । सामाजिक सञ्जालमा एक तस्विर निकै नै भाइरल भइरहेको छ । कुनै पनि समस्या सिर्जना गर्नु भन्दा त्यसलाई पहिले रोक्न सावधानी अपनाउनु राम्रो हुन्छ । यो तस्विर देख्दा तपाईंलाई सामान्य लागेको हुनुपर्छ । तर बालबालिकाप्रति अभिभावकहरु कतिसम्म लापरवाह हुन्छन् भन्ने एउटा उदाहरण पनि हो ।

 

सामाजिक सञ्जालमा भाइरल भइरहेको यो तस्विर काठमाडौं बल्खु चोकको हो । जहाँ एक जना बाबुले मोटरसाइकलमा आफ्नो पिठ्यूमा यी कलिली बालिकालाई यसरी राखेर कतै लैजाँदै छन् । सामान्यतया मोटरसाइकलमा एकदेखि दुई जना बस्न मिल्छ । तर साना बालबालिका बसाल्दा एक अर्को व्यक्ति पनि हुनुपर्छ ।

सचेतनाका लागि यो सामाग्री सबैलाई सेयर गरौँ ।

तर यो तस्विरमा बालिका यति सानी छिन् कि उनले आफ्नो बाबुलाई समात्नै पनि सकिरहेकी छैनन् । तर बाबुलाई कतै जान हतार भएको हुनुपर्छ, उनले यस्तो जोखिमका साथ आफ्नो बच्चालाई बिना कुनै सुरक्षा उपाय पिठ्यूमा राखेर मोटरसाइकलमा लैजादै गरेको तस्विरले अरु अभिभावकलाई केही शिक्षा दिएको हुनुपर्छ ।

 

काठमाडौंको सडक सुरक्षाका दृष्टिले सुरक्षित र भरपर्दो नभएको कुरा भनिरहनु आवश्यक छैन । त्यसमाथि साना साना बालबालिकालाई यसरी लैजानु आफैमा जोखिम हुन्छ । अर्कातिर हिजोआज कोरोना भाइरसको अर्को जोखिम छ, बालिकाको मुखमा मास्क पनि देखिएको छैन ।

 

एक त जाडोको समय छ, बालबालिकालाई मोटरसाइकलमा लिएर हिड्नु स्वास्थ्यका दृष्टिले चुनौतिपूर्ण हो । त्यसमा पनि यस्तो जोखिमपूर्ण यात्रा ट्राफिक नियमले पनि उचित पक्कै होइन ।

 

 

सम्बन्धित खबरहरु