काठमाडौं । बलिउड अभिनेता अमिताभ बच्चनविरुद्ध मुद्दा दायर गरिएको छ । जनवरी २०२० मा भारतमा कोरोनाको पहिलो संक्रमित भएको थियो । त्यसपछि मार्च २०२० देखि राष्ट्रव्यापी लकडाउन भयो । यसै बीच, कोरोना जागरूकता जगाउनका लागि एक कलर ट्यून पनि सुनाउने गरिएको थियो ।

अक्टूबर २०२० देखि कलर ट्यूनको रूपमा सुनिरहेका अमिताभको आवाजले मान्छेहरु विचलित भएका थिए । बच्चन परिवार आफैं पनि कोरोना संक्रमणको सिकार भएका कारण मान्छेहरुले उनको आवाज मन पराएका थिएनन् । यसलाई हटाउन मागहरू नउठेका पनि होईनन् ।

बच्चनले पनि माफि माग्दै आएका थिए । यो बीचमा दिल्ली उच्च अदालतमा एउटा याचिका दायर गरेको खबर बाहिर आएको छ । अमिताभ बच्चनको आवाज भएको कलर ट्युन हटाउनका लागि याचिका दायर गरेका छन् ।

सम्बन्धित खबरहरु