काठमाडौं । चर्चित हास्य कलाकार कपिल शर्मालाई मुम्बई प्रहरीले बोलाएको छ । हास्य कलाकार शर्मालाई बयान रेकर्ड गर्न मुम्बई प्रहरीको अपराध शाखाले बोलाएको हो । शर्मालाई कार डिजाईनर दिलीप छाब्रियाको डीसी डिजाईन तलमाथि गरेको प्रकरणमा बयान रेर्कड गर्न बोलाएको जनाइएको छ ।

आज कपिल शर्मा अपराध शाखामा उपस्थित हुनसक्ने जनाइएको छ । कपिल शर्माले कार डिजाईनर दिलीप छाब्रियाको बिरूद्ध ठगी गरेको आरोपमा उजुरी गरेको प्रहरीले जनाएको छ ।

अब उनलाई साक्षीको रूपमा आफ्नो बयान रेकर्ड गर्न भनिएको छ । गत २९ डिसेम्बरको साँझ, डीसी डिजाईन प्राइभेट लिमिटेडका संस्थापक दिलीप छाब्रियालाई अपराध शाखाको अपराध खुफिया इकाई (सीआईयू) ले अन्धेरीको एमआईडीसीबाट पक्राउ गरेको थियो ।

सम्बन्धित खबरहरु