काठमाडौं । चार जनालाई शहीद बनाएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हार स्विकार गरेका छन् । अमेरिकी संसद भवनमा भएको प्रदर्शन र त्यसपछि जो बाइडेन र कमला ह्यारिसको जीतमा संसदको आधिकारिक छापपछि राष्ट्रपति ट्रम्पले एक बयान जारी गर्दै त्यस्तो बताएका हुन् । उनले अमेरिकामा सत्ता हस्तान्तरण ‘योजनाबद्ध’ हुने बताएका छन् ।

 

यद्यपि उनी अझै पनि चुनावमा भएको धाँधलीको आरोपमा खडा छन् । ट्रम्पले भनेका छन, ‘यद्यपि म चुनावको परिणामहरुसंग पूर्ण रूपमा असहमत छु, र यसको प्रभावको प्रमाण छ, तर यसको बाबजुद पनि २० जनवरीमा सहज रुपमा सत्ता हस्तान्तरण हुनेछ ।’

 

ट्रम्पको बयान उनका प्रवक्ताको ट्विटर ह्यान्डलबाट जारी गरिएको छ किनकि ट्वीटरले २४ घण्टाका लागि ट्रम्पको खाता बन्द गर्दिएको छ । उनले अझै भने, ‘मैले सदैव भनेको छु कि वैध मतहरु मात्र गन्न सकिन्छ भन्ने कुरा सुनिश्चित गर्न हामी आफ्नो लडाई जारी राख्छौं ।

https://twitter.com/DanScavino/status/1347103015493361664?fbclid=IwAR37-0gULJ68_yioBHVdOXzk381OOmOSsQPW2zI7jWErIc7Se6ojV-DUuH4

 

यसका साथ अमेरिकी राष्ट्रपतिको इतिहासमा सब भन्दा ठूलो पहिलो कार्यकालको अन्त्य आयो तर अमेरिकालाई फेरि महान् बनाउने हाम्रो लडाईमा यो केवल सुरूवात हो ।’ नोभेम्बरमा राष्ट्रपति निर्वाचनको नतिजालाई चुनौती दिन ट्रम्पको निर्वाचन टोलीसँग ६० भन्दा बढी केसहरू थिए, तर ती सबै अदालतद्धारा खारेज गरियो ।

 

 

सम्बन्धित खबरहरु