विराटनगर । गत पुस १० गतेसम्म प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोको छुट्टै शान थियो । दुई वर्ष १० महिना मन्त्री भएका आङ्बोले यसबीचमा करिब आधा दर्जन नयाँ नयाँ गाडी किनेर चढेका थिए । यसरी विलासी जीवन बिताइरहेका आङ्बो प्रदेश १ मा सबैभन्दा धेरै गाडी फेर्ने र महंगो गाडी चढ्ने मन्त्रीको परिचय समेत बनाएका थिए ।

कुनै आम्दानी बीना विलासी जिवन बिताइरहेका आङ्बोको गत पुस ११ गते जागिर चट् भयो । आफ्नै सरकार ढाल्न अनावश्यक चलखेल गरेको थाहा पाएपछि मुख्यमन्त्री शेरधन राईले आङ्बोलाई बर्खास्त गरिदिनु भएको थियो । आङ्बो बर्खास्त भएपछि आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री शेरधन राईले लिनु भएको छ ।

 

तत्कालिन माओवादी केन्द्रबाट मन्त्री बनेका आङ्बोले प्रदेश सरकारको महत्वपूर्ण मानिएको आर्थिक मामिला तथा योजना मन्त्रालय डुबाएको भेटिएको छ । आङ्बोले मन्त्रालय राम्रोसँग चलाउन नसकेको उनकै पार्टीबाट बारम्बार गुनासो आउने गरेको थियो । मुख्यमन्त्री राईले पटक पटक सच्चिन आग्रह गरेपनि आङ्बो नसच्चिएपछि अन्तिममा बर्खास्तसम्म गर्नु परेको थियो । उनले बजेट बनाउन नजानेको समेत पुष्टि भएको छ ।

 

प्रदेशको श्रोत आंकलन गर्न नजानेर प्रदेश सरकारको बजेट समेत उनले बिगारेका छन् । यसरी आङ्बोले डुबाएको मन्त्रालय मुख्यमन्त्री शेरधन राईले जिम्मा लिनु भएको छ । उनले डुबाएको मन्त्रालयलाई सही बाटोमा हिडाउनु पर्नै मुख्यमन्त्री राईको काधमा दायित्व थपिएको छ । मुख्यमन्त्री राई बिहिबार मन्त्रालय पुगेर मन्त्रालयको अवस्थाको बारेमा जानकारी समेत लिनु भएको छ ।

मन्त्रालय पुगेर मुख्यमन्त्री राईले भन्नुभयो प्रदेश सरकार संघीयताको मुटु भएको र प्रदे सरकारको मुटु आर्थिक मामिला तथा योजना मन्त्रालय हो । प्रदेश सरकारको मुटु पहिलो बर्ष राम्रै चलेपनि दोश्रो बर्षको अन्त्यदेखि समस्या देखिदै गएको आफुले पाएको उहाँले बताउनुभयो । मुख्यमन्त्री राईले भन्नुभयो,‘चालु आर्थिक बर्षको बजेट प्रस्तुत भएर पारित भईसकेपछि मुटु क्रोनिक अवस्थामा पुगेको थाहा भयो ।’

 

प्रदेशको बजेट दुर्घटनाबाट अघि बढेको रहेछ उहाँले भन्नुभयो । समस्या पहिचान भएकाले उपचारको प्रकृया शुरु भईसकेको मुख्यमन्त्री राईको भनाई छ । उहाँले भन्नुभयो,‘ मन्त्रालयका सचिवले चिकित्सकको भूमिका निर्वाह गरिरहनु भएको छ ।’

 

मुटुको सफल उपचारपछि सरकारलाई गतिशिल बनाउने उहाँले बताउनुभयो । क्रोनिक एकै पटक देखा नपरेको मुख्यमन्त्री राईले बताउनुभयो । आर्थिक मामिला मन्त्रालय कस्का कारण यो अवस्थामा आइपुग्यो भन्ने सवै रिपोर्टिङ आफुले पाएको उहाँले बताउनुभयो ।

 

प्रदेश सरकारले सही र यथार्र्थपरक बजेट बनाउन नसकेको र वित्तिय अनुशासन कायम नभएकोबारे विभागिय मन्त्रीलाई पटक–पटक सचेत गराएको उहाँले बताउनुभयो । उहाँले मन्त्रालयमा देखिएको वेथितिलाई पूर्णरुपमा निर्मुल गर्न निर्देशन दिनुभएको छ । प्रणालीको विकास हुन नसक्दा मुलुकको दिगो र व्यवस्थित विकास हुन नसकेको उहाँले बताउनुभयो ।

 

प्रदेशमा प्रणालीको विकास गरि अनुसन्धानमा आधारित विकास कार्यअघि बढाईने उहाँले बताउनुभयो । वित्तिय अनुशासन कायम राख्न मन्त्रालयका कर्मचारीलाई उहाँले निर्देशन दिनुभयो । मुख्यमन्त्री राईले भन्नुभयो,‘ गल्ती कमजोरी कहिँ कतैबाट हुन दिनुभएन ।’

 

पछिल्लो राजनीतिक घटनाक्रमले केही अन्यौलता देखिएपनि अन्यौलतामा नपरी काम गर्न कर्मचारीहरुलाई उहाँले आग्रह गर्नुभयो । मुख्यमन्त्री राईले भन्नुभयो,‘ प्रदेशमा जसरी घटनाक्रम अघि बढेको छ, यसको भ्रममा नपर्नुहोला ।’ आगामी माघ ७ गतेको प्रदेशसभापछि अन्यौलता हट्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

 

सरकार परिवर्तन हुने हल्लाको पछि लाग्नुपर्ने अवस्था नभएको उहाँले बताउनुभयो । आफु नेतृत्वको सरकार अघि बढ्ने बताउँदै उहाँले भन्नुभयो,‘ कोही, कतै र कसैबाट पनि प्रभावित नहुनुहोला ।’ उच्च मनोवलका साथ काम गर्न कर्मचारीहरुलाई उहाँको आग्रह छ । आर्थिक मन्त्रालयको नेतृत्व अव ठिक ढंगबाट हुने उहाँले बताउनुभयो ।

 

 

सम्बन्धित खबरहरु