काठमाडौं । विश्व अर्को महामारीको लागि तयार भएर बस्नुपर्ने देखिएको छ । विश्वव्यापी कोरोना संकटको बीचमा, नयाँ भाइरस ‘डिजीज–एक्स’ फैलने चेतावनी दिइएको छ । ति डा. जसले अफ्रिकी भाइरस इबोला पत्ता लगाएका थिए उनैले नयाँ भाइरसको चेतावनी दिएका हुन् ।

 

डा. जीन जैक्स मुएनब ताम्फमले यो चेतावनी जारी गरेका हुन् । डाक्टरका अनुसार डिजीज–एक्स अधिक घातक हुनसक्छ । यसको फैलावट कोरोना भन्दा पनि तिव्र हुन सक्छ । मृतकहरुको संख्या इबोला भन्दा ५० देखि ९० प्रतिशत बढी हुन सक्छ । एक अमेरिकी टिभी च्यानलसँग कुराकानीमा, डा. ताम्फमले भने, ‘आज हामी एक त्यस्तो संसारमा छौं जहाँ नयाँ भाइरस बाहिर आउँदैछन् ।

 

यी भाइरसहरू मानवताको लागि खतरनाक हुनेछन् । भविष्यको महामारी कोरोना भाइरस भन्दा बढी खतरनाक हुनेछ र यो अधिक विनाशकारी हुनेछ ।’ कङ्गोमा, एउटी महिला रक्तस्रावपछि ज्वरोको लक्षण देखा परेको थियो । उक्त बिरामीमा इबोलाको परिक्षण गरिएको थियो । तर यो नकरात्मक आएको छ । डाक्टरहरू डिजीज–एक्सको पहिलो बिरामी हो कि भनेर डराइरहेका छन् ।

 

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का अनुसार वैज्ञानिकहरूले भनेका छन् कि ‘डिजीज–एक्स’ महामारी अझै पनि परिकल्पना मात्र हो, तर यदि यो फैलियो भने यसले विश्वभरि विनाश निम्त्याउने छ ।

 

सन् १९७६ मा इबोला भाइरस पत्ता लगाउनुमा डा. ताम्फमको महत्वपूर्ण भुमिका रहेको थियो । जब इबोला भाइरस पहिलो पटक पत्ता लाग्यो तब कंगोमा याम्बुकु मिशन अस्पतालमा ८८ प्रतिशत बिरामी र ८० प्रतिशत स्वास्थ्यकर्मीहरुको ज्यान गएको थियो ।

 

 

सम्बन्धित खबरहरु