काठमाडौ । दुनियाँमा नसोचेका रोचक घटनाहरु भइरहेका छन् । अपत्यारिला तर सत्य घटनाले मानिसलाई कुनै बेला हैरान बनाएको हुन्छ । कोरोनाका कारण मानिसहरु आफ्नो घरबाट बाहिर निस्कन पाएनन्।
कोरोना भाइरस (कोभिड–१९) का कारण लाखौं मानिसको मृत्यु भयो । तर कोरोनासँग सम्बन्धित अनौठा अनौठा खबरपनि बाहिर आएका छन् । कोरोना संक्रमितसँग एक अस्पतालमा नर्सले अस्पतालको शौचालयमा सबैथोक भएको समाचार बाहिरिएको छ।
समाचार एजेन्सीहरुका अनुसार यो समाचार इन्डोनेसियाको हो। इन्डोनेसियामा एक नर्सले संक्रमितसँग अस्पतालको शौचालयमा सबैथोक भएको भनेपछि उनलाई पक्राउ गरिएको छ। समाचार अनुसार यो घटनाको खुलासा ती कोरोना संक्रमितले वाट्सएप म्यासेजको स्क्रीनसर्ट सामाजिक सञ्जालमा पोस्ट गरेपछि भएको हो।
समाचार अनुसार दुबैले अस्पतालको शौचालयमा त्यस्तो कार्य गरेको भन्दै सार्वजनिक गरेका थिए। इन्डोनेनिसयाको नर्स एसोसिएशनले घटना निकै अकल्पिनीय भएको बताएको छ। प्रहरीले नर्सलाई पक्राउ गरेर हिरासतमा राखेको छ। नर्स पुरुष हुन् । समाचार अनुसार दुबैले यो घटना स्वीकारसमेत गरेका छन्।
संक्रमित पुरुष अझै पनि संक्रमित नै छन्। उनी अस्पतालमै रहेको जनाइएको छ। जाकर्ता प्रहरीले दुबैमाथि सामाजिक सञ्जालको तस्वीरलाई लिएर मुद्दा चलाउने तयारी गरेको छ।