काठमाडौं । चर्चित बलिउड अभिनेत्री नोरा फतेहीले निर्देशकलाई लिएर दिएको बयानले नयाँ हलचल उत्पन्न भएको छ । उनले हालै अभिनेत्री करीना कपूरको च्याट शो ‘व्हाट्स विमेन वान्ट’ मा आफ्नो क्यारियरसँग सम्बन्धित केहि राम्रा र नराम्रा सत्य कथाहरू साझा गरेकी हुन् ।

 

त्यस क्रममा नोराले यो पनि पत्ता लगाइन् कि एक पटक कास्टिङ्ग निर्देशकले उनलाई घरमा बो'लाएर गा'ली ग'रेका थिए । निर्देशकको उक्त व्यवहार नोरालाई यति नराम्रो लाग्यो कि उनले भारत छोड्ने निर्णय गरिसकेकी थिइन् ।

तपाईंलाई जानकारी गराउ कि नोरा क्यानडाबाट भारत आएकी थिइन् । त्यस समयमा उनी भारतमा अझ बलिउडमा कसैलाई नचिनेको बताउँछिन् । शुरुका दिनमा उनले एक कास्टिङ्ग निर्देशकलाई भेटेकी थिइन् । उनको यो भेटको अनुभव एकदम नराम्रो थियो ।

 

यसको बारेमा बोल्दै नोराले करीनाको च्याट शोमा भनेकी छिन, ‘कास्टिङ्ग निर्देशकले मलाई एक पटक घरमा बो'लाए र धे'रै गा'ली ग'रेका थिए । यो मात्र होइन, उनले मलाई प्रतिभाविहीन पनि भनेका थिए ।’ नोराले ति निर्देशकको नाम भन्न आवश्यक मानेकी छैनिन् ।

 

नोराले भनिन्, ‘उनी कास्टिङ्ग निर्देशक थिइन्, जसलाई मैले भारत आइपुगेको केही महिना पछि भेटेंकी थिँए । उनले मलाई यस्तो महसुस गराइन् कि म लगभग झोला बोक्छु र भारत छोड्न तयार हुन्छु भन्ने विचार आयो । उनले मलाई भनिन्, तपाई जस्तो धेरै मानिस यहाँ छन् । हाम्रो उद्योग (बलिउड) तिमीजस्तो व्यक्तिले गर्दा चिन्तित भएको छ । उनी म'तिर क'राउँदै थिइन । उनले चि'च्या'उँदै ति'मी प्रतिभाहिन छ्यौ, हामी तिमीलाई यस उद्योगमा चाहँदैनौं ।’

 

नोराले अगाडि भनेकी छिन, ‘मलाई एकदम नराम्रो लाग्यो र म धेरै रोएँ । यसो भनिरहँदापनि नोरा निक्कै भावुक थिइन् । उनी करिनाको अगाडी भित्रभित्रै रोइरहेकी थिइन् । उनले थपिन् म रोए किनकि म तिनीकहाँँ आफैं गएकी थिइन् । उनले मलाई आफ्नो घरमा बोलाएकी थिइन् ।

 

म उनलाई चिन्दैन्थे । उनले मलाई आफैं घरमा बोलाएकी थिइन् । तब म यस देश (भारत) मा नयाँ थिएँ, त्यसैले मैले सोचें कि यहाँ सबैले यस्तो व्यवहार गर्छन। उनीहरु कसैलाई घर बोलाउँदछन् र यसैगरी चि'च्या'उछन् ।’

 

बलिउडमा डान्सरका रुपमा चर्चित रहेकी नोराले फिल्म ‘सत्यमेव जयते’ को ‘दिलबर–दिलबर’ गीतबाट लोकप्रियता प्राप्त गरेकी हुन् । यसपछि उनले थुप्रै चर्चित गीतहरूमा देखा परेकी थिइन् । यति मात्र होइन, नोराले फिल्म ‘भारत’ र ‘स्ट्रीट डान्सर थ्रीडी’ मा पनि काम गरिसकेकी छिन् । उनी अजय देवगनको आगामी फिल्म भुजः द प्राइड अफ इन्डियामा पनि देखा पर्न लागेकी छिन् ।

 

 

सम्बन्धित खबरहरु