काठमाडौ । भारतीय नेपाल मामिला विज्ञ एस डि मुनिले भारत नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो कदमका पक्षमा खुलेर आएको स्पष्ट पार्नुभएको छ । उहाँले भारत नेपालमा ताजा जनादेशको पक्षमा खुलेर आएको छ यो भनेको अहिलेका प्रधानमन्त्री ओली जीले गरेको कदमको पक्षमा भारत रहेको मेरो दावी हो एस डि मुनिले स्पष्ट रुपमा एउटा लेखमा लेख्नुभएको छ ।

 

भारतीय पत्रिका हि हिन्दुस्तान टाइम्समा एक लेख लेख्दै मुनिले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद, त्यसलाई मिलाउन चीनले खेलेको भूमिका र पछिल्लो समयमा दुई देशको विचमा भइरहेका विभिन्न तहको भ्रमणको विचमा भारतले नेपालसँग खेलिरहेको खेलको बारेमा उहाँले राम्रो विश्लेषण गर्नुभएको छ ।

उहाँले नेपालको हिन्दुवादीको आन्दोलनलाई भारतले मलजल गरिरहेको समेत उल्लेख गर्नुभएको छ । उहाँले नेपालमा राजावादी र राजनीतिक दलहरुको नयाँ राजनीतिक समीकरण बनाउने प्रयास भारतको रहेको विश्लेषण गर्नुभएको छ । उहाँले स्पष्ट पार्नुभएको छ ‘यी सबै घटनाक्रमको विचमा भारत अहिले नेपालमा ताजा जनादेशको पक्षमा खुलेर आएको छ ।’

उहाँले लेखमा लेख्नुभएको छ, ‘यी सबै घटनाक्रमले भारतलाई नेपालमा एक गैरप्रजातान्त्रिक, असंवैधानिक र अवसरवादी प्लेयरको रुपमा चित्रित गर्नेछ र साउथ ब्लकका रणनीतिकारले भने यसलाई ठूलो उपलब्धी पाउन चुकाइएको थोरै मूल्यको हिस्साको रुपमा सोचेका छन् ।’

उहाँले नेपालमा पछिल्लोपटक भारतले निकै होसियारीपूर्वक र कौशल ढंगले कार्ड खेलेर आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने रुपमा प्रस्तुत गर्न खोजेको समेत खुलासा गर्नुभएको छ । सन् १९५० को शान्ति र मैत्रि सन्धीको बारेमा समेत उहाँले विस्तृतमा ब्याख्या गर्नुभएको छ ।

उहाँले भारत सो सन्धी परिमार्जनको पक्षमा रहेको नेपालले भारतको सुरक्षा चासो र आफ्नो विकास आकांक्षाको बारेमा कसरी सन्तुलन कायम गर्ने भन्ने सम्बन्धमा स्पष्ट पार्न नसकेको उहाँको बुझाई देखिन्छ ।

 

उहाँले लेख्नुभएको छ ‘यो सन्तुलनविना नयाँ सन्धिको सम्भावना छैन र नेपाल पुरानो सन्धि खारेज गर्ने पक्षमा छैन ।’ योबीचमा केही समाधान खोजिएजस्तो गरेर राजनीतिक दुनो सोझ्याउन दलहरुलाई सहयोग गर्नसक्ने भारतको संकेत रहेको उहाँले खुलाउनुभएको छ ।

 

 

सम्बन्धित खबरहरु