काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र बढ्दै गएको तनावपछि नेताहरुले एक अर्कालाई व्यक्तिगत रुपमा लाल्छनाहरु लगाउन थालेका छन् । नेकपा ओली पक्षका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डतर्फ लक्षित गर्दै छोरी बुहारीको मतलब गर्नेले पार्टीले पार्टी मेरो भन्न नसुहाउने बताउनुभएको छ ।

 

सुदूरपश्चिम प्रदेशको धनगढीमा आयोजित जनसभालाई सम्बोधनमा उहाँले दाहाल–नेपाल समूहको नेकपाका अध्यक्ष पुष्पकमल दाहालप्रति लक्षित गर्दै जनताको मतलब नभएकाले पार्टी आफ्नो भनेको बताउनुभयो । सम्बोधनका क्रममा उहाँले भन्नुभयो, ‘पार्टी उहाँहरुको अरे, जसलाई छोरीको मतलब छ, बुहारीको मतलब छ, जनताको मतलब छैन, जसलाई आफन्तको मतलब छ, तिनको पार्टी हो कि तपाईंहरुको पार्टी हो ।

 

यो पार्टी सम्धीवाला पार्टी होइन, छोरीबुहारी वाला पार्टी होइन, भाइभतिजावाला पार्टी होइन, तपाईंहरुको पार्टी हो, देश बनाउने पार्टी हो, जनताको पार्टी हो ।’ प्रधानमन्त्री ओलीले दाहाल–नेपाल समूहलाई आफन्तबाट देशमा आँखा लगाउनु आग्रह गर्नुभएको छ ।

 

उहाँले प्रचण्डलाई मन परिवर्तन गरेर आफन्तभन्दा देशतर्फ आँखा लगाउन अनुरोध गर्नुभयो । प्रचण्डलाई कमाउनेतिर नभइ देश विकासतर्फ आँखा लगाउन सुझान दिनुभयो ।

 

अर्को तिर उहाँले आफ्ना पनि आफन्त नभएको बताउँदै एकजना आफन्तलाई माथिल्लो ओहदामा पुर्याएको देखाउन चुनौतीसमेत दिनुभएको छ । दाहाल–नेपाल समूहलाई ओलीले देशभरबाट १० सिट जितेर देखाउन पनि ओलीले चुनौती दिनुभएको छ ।

 

 

सम्बन्धित खबरहरु