काठमाडौं । बलिउड महानायक अमिताभ बच्चनले कुनै पनि व्यक्तिलाई धेरै सुर्धान प्रयास गरेमा शत्रु बन्ने बताएका छन् । उनले ट्वीट गर्दै भनेका छन, ‘यदि कुनै व्यक्तिलाई धेरै सुधार गर्न चाहनुभयो भने ऊ तपाईंको शत्रु बन्छ ।’ हालै मात्र कोरोनाका सन्देशमा बच्चनको आवाज राखिएको थियो ।

उक्त आवजले आफुलाई इरिटेड भएको भन्दै अदालतमा मुद्धा परेको छ । बच्चन भारतीय चलचित्र उद्योग बलिउडका सबैभन्दा लोकप्रिय अभिनेता हुन् । सन् १९७० को दशकमा उनले ठूलो लोकप्रियता प्राप्त गरे र त्यसबेलादेखि नै भारतीय चलचित्र इतिहासको सबैभन्दा प्रमुख व्यक्तित्व बनेका छन् ।

बच्चनले आफ्नो कार्यकालमा थुप्रै पुरस्कारकाहरू जितेका छन्, जसमा तीन राष्ट्रिय चलचित्र पुरस्कार र बाह्र फिलिमफेयर पुरस्कार समावेश छन्। उनको नाममा सर्वाधिक सर्वश्रेष्ठ अभिनेता फिल्मफेयर पुरस्कारको रेकर्ड छ।

अभिनय बाहेक बच्चनले पार्श्वगायक, चलचित्र निर्माता र टेलिभिजन कार्यक्रम प्रस्तुतकर्ता र भारतीय संसदको एक निर्वाचित सदस्यका रूपमा सन् १९८७ देखि १९८४ सम्म भूमिका निर्वाह गरेका थियो । बच्चनको विवाह अभिनेत्री जया भादुडीसँग भएको थियो । उनको दुई सन्तान छन्, श्वेता नन्दा र अभिषेक बच्चन, जुन एक अभिनेता पनि हुन र जसको विवाह ऐश्वर्या रायसँग भएको थियो ।

सम्बन्धित खबरहरु