काठमाडौं । भारत, महाराष्ट्रमा एक अनौठो घटना घटेको छ । शुक्रबार भौतिक सम्बन्ध कायम गर्ने क्रममा एक २८ वर्षीय युवकको श्वासप्रश्वासको समस्या भएका कारण मृत्यु भएको छ । महाराष्ट्र प्रहरीका अनुसार उक्त युवकको घाँटीमा डोरी थियो ।

यो घटना सहरको खपरखेरा क्षेत्रको लजमा भएको थियो । प्रहरीका अनुसार उक्त युवकले महिलासँग समय बिताउन बिहीबार राति एउटा लजमा कोठा बुक गरेका थिए । उनीहरुले निला चलचित्रका क्लिप हेरेको पनि खुलेको छ । चलचित्र हेरेपछि महिलाले आफ्नो पार्टनरलाई कुर्सीमा राखेर खुट्टा र हातमा डोरी लगाएकी थिइन् ।

उनले घाँटीमा दोस्रो डोरी प्रयोग गरेको जनाइएको छ । आफ्नो साथिलाई त्यसरी बाँधेर ति युवत्ती वाशरूम गएको प्रहरीले जनाएको छ । जब उनी कोठामा फर्किइन्, तब उनले आफ्नो साथीलाई भयावक अवस्थामा भेट्टाइन् । घटनाको प्रकृति हेर्दा युवक बाँधिएको कुर्सी चिप्लियो ।

यसले उनको घाँटीमा रहेको डोरीमा दबाब बनायो, हात पनि बाँधिएका कारण उनले केही गर्न सकेनन् । घाँटीमा दबाब परेका कारण उनले चिच्याउन पनि नसकेको खुलेको छ । जब उनले कोठामा आउँदा पार्टनर सुतिरहेको देखिन्, तब उनको होस उड्यो । यो सबै देखेपछि उनले लज व्यवस्थापकलाई खबर गरिन् ।

त्यसपछि प्रहरी घटनास्थल पुगेर मृतकलाई नियन्त्रणमा लियो । उनको लाशलाई परीक्षणका लागि पठाएको छ । प्रहरीले खपरखेरा प्रहरी चौकीमा मुद्दा दर्ता गरी अनुसन्धान गरिरहेको जनाएको छ । प्रहरीका अनुसार उनीहरुकहाँ आएको यो नयाँ प्रकृतिको घटना हो ।

घटना पछि, यो जताततै चर्चाको विषय भइरहेको छ । पुरुष र महिला बीचको कस्तो किसिमको सम्बन्ध भन्ने अहिले प्रकट भएको छैन । प्रहरीका अनुसार अनुसन्धान भइरहेको छ । एक प्रहरीले भने, ‘म अहिले यस सम्पूर्ण विषयमा धेरै कुरा गर्न सक्ने स्थितिमा छैन ।’

सम्बन्धित खबरहरु