काठमाडौं । सत्तारुढ नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रिय सभा बैठकमा सम्बोधन गरिरहनु भएको छ । राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालका अनुसार प्रधानमन्त्रीले सभामा सम्बोधन गर्ने तय अचानक भएको हो ।

आजको राष्ट्रिय सभा बैठकको सम्भावित कार्यसूचीमा प्रधानमन्त्रीले सम्बोधन गर्ने उल्लेख गरिएको थिएन् । तर, प्रधानमन्त्री ओलीले आफैं राष्ट्रिय सभामा आउँछु भनेपछि सम्बोधनका लागि समय तय गरिएको स्रोतले जानकारी दिएको छ । प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेपछि राष्ट्रिय सभामा पनि असंवैधानिक कदम भन्दै विरोध हुँदैछ ।

सम्बन्धित खबरहरु