काठमाडौ । सरकारले माघ १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद बैठकले माघी पर्वको अवसरमा माघ १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको नेपाल सरकार सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालयका मन्त्री पार्वत गुरुङ्गले जनबोलीलाई जानकारी दिनुभयो ।

आजकै मन्त्रिपरिषद बैठकले राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ। हिउँदे अधिवेशन अन्त्यको अन्तिम दिन प्रधानमन्त्री केपी शर्मा ओलीले सम्वोधन गर्नुभएको छ ।

 

 

सम्बन्धित खबरहरु