nepali-team

आईसिसि विश्व क्रिकेट लिग डिभिजन २ क्रिकेट प्रतियोगितामा आज नेपालले क्यानडासंग प्रतिस्पर्धा गर्दैछ ।

नामिबियाको विन्डकेमा रहेको वान्डरेस क्रिकेट मैदानमा दिउँसो सवा १ बजे पछि खेल सुरु हुनेछ ।

यसअघि पहिलो खेलमा युगाण्डासंग २ रनको झिनो अन्तरले पराजित भएको नेपालले आफ्नो दोस्रो खेलमा प्रतियोगिताको दावेदार मानिएको नेदरल्याण्डलाई २ विकेटले पराजित गरेको थियो ।

क्यानडाले यसअघि युगाण्डालाई पराजीत गरेको थियो भने नेदरल्याण्डसंग पराजीत भएको थियो ।

डिभिजन वानमा प्रवेश गर्नका लागि नेपाललाई बाँकी तीन खेलमा उत्कृष्ट प्रदर्शनको आवश्यकता रहेको छ ।

यसअघि सन् २०१४ मा न्युजिल्याण्डमा भएको बिश्वकप क्रिकेटको छनोट खेलमा नेपाल क्यानडासंग १२ रनले पराजीत भएको थियो ।

प्रतियोगिताको शिर्ष दुई टोली डिभिजन वानमा प्रवेश गर्नेछन् ।

शीर्ष दुई टोलीले चार दिवसीय ढाँचाको आइसीसी अन्तरमहादेशीय कप तथा एक दिवसीय विश्वकप छनोट चरणको आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप खेल्ने अवसर पाउनेछन् ।

प्रतियोतिाको आज हुने अन्य खेलमा युगाण्डा र केन्या तथा नामिबिया र नेदरल्याण्डबीच प्रतिस्पर्धा हुनेछ ।

सम्बन्धित खबरहरु