काठमाडौं । एक चर्चित खेलाडीको मृत्यु भएको छ । नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वगोलरक्षक लोकबहादुर शाहीको आइतबार राति निधन भएको हो । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पाका अनुसार शाहीको दैलेखमा निधन भएको हो ।

शेर्पाका अनुसार ‘मल्टिपल अर्गन फेलर’ का कारण शाहीको निधन भएको जनाइएको छ । उनको दैलेखमै आइतबार अन्तिम संस्कार गरिएको छ । नेपाली फुटबलले पाएका उत्कृष्ट गोलरक्षकमध्ये शाही पनि एक रहेका थिए ।

उनले सन् ८० को दशकमा नेपाली राष्ट्रिय टिमको प्रतिनिधित्व गरेर खेलेका थिए । उनी लामो समय नेपाली फुटबलमा प्रशासक र व्यवस्थापकका रूपमा पनि रहेका थिए । उनी एन्फाका पूर्वमहासचिव समेत हुन् ।

सम्बन्धित खबरहरु