काठमाडौं । २९९ औँ पृथ्वी जन्मजयन्तीका अवसरमा राजतन्त्र पक्षधर र प्रहरीबीच तनाव भएको छ । पृथ्वी जयन्तीका अवसरमा सोमबार राजधानीमा र्‍याली निकालेका राजतन्त्र पक्षधर र प्रहरीबीच भएको विवाद उत्कर्षमा पुगेको हो ।

र्‍यालीसहित सिंहदरबारतर्फ अघि बढेका उनीहरूलाई प्रहरीले निषेधित क्षेत्रमा गएको भन्दै रोकेपछि विवाद सुरु भएको थियो । सिंहदरबारस्थित पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गर्न अघि बढेका उनीहरूलाई प्रहरीले रोक्ने क्रममा विवाद भएको हो ।

त्यस क्रममा प्रहरीले लाठीचार्ज गर्दा प्रदर्शनकारी घाइते भएका छन् । त्यस क्रममा र्‍यालीका सहभागीले प्रहरीविरुद्ध नाराबाजी गरेका थिए ।

सम्बन्धित खबरहरु