काठमाडौं । अभिनेत्री अनुष्का शर्माले छोरीलाई जन्म दिएकी छिन् । क्रिकेटर विराट कोहली आफैले इन्स्टाग्राम र ट्विटरमा पोस्ट गरेर छोरीको बुबा बनेको कुरा जानकारी दिएका छन् । विराट कोहलीले ट्वीट गर्दै आफ्नो घरमा छोरी जन्मिएको छ भनेका छन् ।

प्रेम र प्रार्थनाका लागि धन्यबाद पनि भनेका छन् । जानकारी अनुसार अनुष्का र बच्चा दुबैको अवस्था राम्रो छ । विराटले जीवनको यस अध्यायको अनुभव गर्न पाएको भन्दै खुःशी व्यक्त गरेका छन् । यस समयमा आफुहरु सबैलाई केही गोपनीयता चाहिने पनि जनाएका छन् ।

सम्बन्धित खबरहरु