काठमाडौं । नेपालमा कोरोना संक्रमितहरुको संख्या २ लाख ६५ हजार २६८ संक्रमितको संख्या पुगेको छ । पछिल्लो २४ घण्टामा थप ४८८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । अर्कोतिर गत २४ घण्टामा ५१३ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् ।

योसँगै निको हुनेको संख्या २ लाख ५८ हजार ९६८ पुगेको छ । देशभरी सक्रिय संक्रमितको संख्या भने ४ हजार ३७३ छ । स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १९ लाख ८७ हजार ५५५ परीक्षणहरु गरिएका छन् ।

हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या २३७ रहेको छ । कोरोना संक्रमणबाट २४ घण्टामा १० को मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ९२७ जना रहेको छ ।

सम्बन्धित खबरहरु