काठमाडौं । त्रिभुवन विश्वविद्यालयले सम्बन्धन प्राप्त गरेका सम्पूर्ण क्याम्पसहरुका लागि महत्वपूर्ण सुचना जारी गरेको छ । त्रिविले क्याम्पसहरुले बुझाउनु पर्ने सेवा शुल्क लगायत अन्य शुल्कहरु त्रिभुवन विश्वविद्यालय आर्थिक प्रशासन महाशाखा कीर्तिपुरबाट भौतिक रुपमा संकलन गर्दै आएकोमा २०७७ माघ १५ गतेदेखि अनलाइन पेमेन्ट सिस्टमबाट संकलन गरिने भएकोले सम्बन्धित सबै सम्बन्धन प्राप्त क्याम्पसहरुले यही २०७७ माघ १५ गते भित्र अनिर्वाय रुपमा अनलाइन रजिष्टर गराई युजर नेम प्राप्त गर्नु हुन अनुरोध गरेको छ । सूचना आफुले हेरिसकेपछि सबैको जानकारीका लागि सक्दो सेयर गरिदिनुहोला ।
त्रिविद्धारा देशभरका क्याम्पसहरुलाई अति जरुरी सूचना जारी [ सूचनासहित ]
- जनबोली न्यूज नेटवर्क