धिरेन्द्र चन्द सोडारी, आज पुष २७ गते राष्ट्रिय एकता दिवस मनाउँदा पाउँदा हामी सबै खुशि छौँ । राष्ट्रिय एकताका प्रतिक पृथ्थीनारायण शाहका दिव्य उपदेश अहिले पनि उत्तिकै सान्दर्भिक र महत्वपुर्ण छन् । पृथ्वीनारायण शाहले हामीलाई एक सिङ्गो राष्ट्र दिएर गए एक यस्तो राष्ट्र जुन कहिल्यै परशक्तिसँग झुकेन न त कहिल्यै बन्धक भएर नै बस्यो । पृथ्थीनारायण शाहले दिनु भएका उपदेशहरु अहिले पनि धेरै सान्दर्भिक छन् । जस्तै तिम्रो दक्षिणको छिमेकी निकै धुर्त छ उसले कुनै पनि बेला घात गर्न सक्छ उसबाट सधैँ बच्नु ।, मेरा साना दुखले आर्जेको मुलुक होइन् ।,

 

हाम्रो देश सबै जातिको साझा फुलबारी हो ।, नेपाल दुई ढुङ्गाबीचको तरुल हो । , अङ्ग्रेजहरु बाइबल लिएर पस्न सक्छन् तिन्लाई प्रवेश निषेध गर्नु, टक्सार चोखो चलाउनु, अदालतको पैसा दरबार नहाल्नु ।, घूष लिन्या र दिन्या दुबै राष्ट्रका महाशत्रु हुन यीनीहरुको त ज्यान नै लिए पनि माफी हुनेछ ।, स्वदेशी उत्पादनलाई प्राथमिकता दिनु, सीप सिकेर स्वदेशमा नै सदुपयोग गर्नु, राज्यलाई टुक्रा होइन एकाकार पार्नु, कुलधर्म नछोड्नु । सिमान चनाखो भएर रक्षा गर्नु आदी धेरै दिव्योपदेश सुन्नु र पढ्नु पाइन्छ ।

विश्वमा कुनै पनि व्यक्ति नै शक्तिशाली हुन्छ, जसले हरेक कुराहरुको मार्गनिर्देशक दिनु सक्छ । हरेका समस्याहरुको समाधान दिनु सक्छ । उहि व्यक्ति नै महान हुने हो । विश्वमा त्यहि व्यक्ति नै अग्रसर भएर व्यक्ति व्यक्ति हुदै, समाज निर्माण गर्दै त्यहि व्यक्तिले देश निर्माण गर्नु सक्छ, समाज परिवर्तन गर्नु सक्छ । ती व्यक्तिहरुलाई कुनै न कुनै रुपमा हामीले सम्झनु पर्दछ । एकता दिवस मनाउँदा पृथ्थीनारायण शाहको सम्मान र राष्ट्र–राष्ट्रियतालाई कमजोर बन्नु नदिनु नै हो । हामीले हाम्रा पुर्खाहरुको सम्मान गर्नु सकेका छैन भने भोली हाम्रा सन्तानले पनि सम्मान गर्ने छैन् । हामीले हाम्रा पुर्खाहरुलाई बिर्सनु हुँदैन । हामीले एउटा संस्कारको थालनी गर्नु पनि आवश्यक छ । हामीले पुर्खालाई बिर्सियौँ भने हाम्रा सन्तानहरुले हामीलाई पनि बिर्सने छन् ।

 

अनेकौँका दृष्टिमा राष्ट्रनिर्माता प्रधान–सम्पादन हरिप्रसाद सोडारीले लेख्नुहुन्छ ‘‘ हामीसँग सगरमाथाको माथ, देवीदेवताको काख, सनातनको साथ, पितापुर्खाको साख, गौतमबुद्धको शान्ति, गोरखालीको साहस र नेपालको शक्ति छँदासम्म खुट्टा टेकेर, छाती फुलाएर, शिर ठड्याएर हिँड्न सक्छौँ । यही भूमिमा वेद, त्रिपिटक र मुन्धुमजस्ता शास्त्र एवं ग्रन्थहरु जन्मिए । वेदान्तदर्शन, जनकदर्शन, मन्धुम, बौद्धदर्शन आदि यहीँ उम्रिए । गोत्र, प्रवर, पाछा र सामेल संस्कृति बचाई राखे । गोरखालीको ज्यान, नेपालीको शान, ऋषिमुनिहरुको ध्यान, वेदको ज्ञानकै कारण यस राष्ट्रले उपनिवेशको अनुहार, भूगोलको विभेद देख्नुपरेन ।

 

पुर्खाको राष्ट्रप्रेम, एकता र वीरताकै कारण मल्लकालमा अनेक टाकुरामा विभाजित नेपालले अन्ततः आधुनिकताकालमा साकाररुप लियो । भित्र भूगोल, फरक धर्म, अलग भाषा, पृथक चिन्तन, छुट्टै संस्कृति भए पनि सबै नेपाली भन्न र हुन पाउँदा प्रसन्न थिए । पितापुर्खाको तागत, त्याग, तेज र तत्परताकै कारण प्रबल शत्रुसेना एवं कूटिल परचक्रीसमेत झुकेको गौरपमय इतिहास हामीसँगै छ ।’’

एकताका प्रतीक, हिमवत्खण्डका एकिकरण कर्ता, पुनर्जारणका संवाहक एवं मौलिकताका संरक्षक युगपुरुष श्री ५ बडामहाराजाधिराज पृथ्थीनारायणको त्याग, तपस्या, योगदान आदी छाति खुलाएर गर्भका साथ उहाँको सम्मान गर्नुपर्छ । महात्मा गान्धी, माओत्सेतुङ र विश्वकै चेतनाको स्रोत पृथ्थीनारायण शाह नै हुन भन्ने तथ्य पनि भुल्नु हुदैन ।

माइक्रोसफ्टका संस्थापक बिल गेट्स, फेबबूकका आविष्कारकर्ता मार्क जुकरबर्ग, अमेजनका संस्थापक जेफ बेजोस, विद्युतिय गाडी टेस्लाका संस्थापक इलोन मस्क होस् यसरी विश्वलाई नै निलेर सबैभन्दा धनी बन्ने सपना बोकेका थिएनन् । तर के हामीले उहाँहरुलाई नसम्झ्ने ? अलेक्जेन्डर फ्लेमिंगले योजनाबिनै आविष्कार गरेको पेनिसिलिन विश्वमा सबैभन्दा महत्वपूर्ण औषधि आविष्कार मानिन्छ । के उहाँलाई श्रेय नदिने ? घरको दशौँ तलामा बस्छु भनेर भरको जग बनाउनेलाई जस नदिने ।

 

विश्वमा नै ध्वस्त भएको कालमाक्र्सको सिद्धान्त ल्याएर फेरी उनिकै नाम बेचेर नेपालमा चुरी फुरी गर्नेहरुले ठुला ठुला फुरी नदेखाए हुन्छ । सबैको सम्मान गर्नु सक्नुपर्छ । नेपाललाई विश्व सामु चिनाउने बुद्ध र पृथ्थीनारायण शाह हुन जसले विश्वलाई सन्देश दिन सके र आफूले आफ्नै सिद्धान्त लागु गरे आज आएर तपाई हामी गर्वसाथ उहाँहरुको योगदान आदी कुराहरु सम्झिरहेका छौँ , चिन्तन पनि गरिरहेका छौँ । व्यवहारमा लागु पनि गरिरहेका छौँ । आज कयौँ युवाहरु पृथ्थीनारायण शाहका दिव्योपदेश लिएर अगाढि बढेका छन् ।

सम्पुर्ण युवा साथीहरुले पृथ्थीनारायणको बारेमा एक पटक अवश्य अध्ययन गर्नु आवश्यक छ । पृथ्थीनारायणको सांस्कृतिक नीति, भाषिक नीति,सुरुक्षा नीति, परराष्ट्र नीति, नेपाल एककीकरणमा विविध समूदायको भूमिका सबैले चिन्तन मन्नन गर्नु आवश्यक छ । पृथ्थीनारायण शाह महात्मा गान्धी, माओत्सेतुङ र विश्वकै चेतनाको स्रोत हुनु सके भने तपाई हाम्रो चेतनाको स्रोत अवश्व हुनेछन् ।

वाल्मीकिले रामलाई मर्यादापुष देखेर रामायण रचे, वेदव्यासले कृष्णलाई नायक मानेर महाभारत लेखे कालिदासले रघुलाई आदर्श पात्र ठानी रघुवंशमहाकाव्य तयार गरे भने फेरी पनि नेपाललाई विश्वमा सामु चिनाउनुको लागि र नेपाललाई विश्वको केन्द्र बनाउनुको लागि जरोकिलो महाअभियानका सङ्कल्पकर्ता युगद्रष्टा डा.निर्मलमणि अधिकारीको अनुसन्धान, अनुष्ठान एवं साधनाको फलस्वरुप अभिनिर्मित सहृदयता दर्शन, राज्यराष्ट्र सिद्धान्त, स्थितिगत्यात्मक प्रगतिवाद, आधारशिला चतुष्टय आदी प्रतिपादन गरिसक्नुभएको छ ।

नेपालको मौलिकतालाई संरक्षण गर्दै प्रगतिगामी स्थितिगत्यात्मक प्रगतिवादमा आधारित सिद्धान्त र अवधारणाले मात्र वर्तमानको समस्या समाधान गर्न सक्छ । मौलिक अवधारणामा रुढीमात्र देख्ने कथित आधुनिक र विगतमा भाषिन खोज्ने कुपमण्डुकबाट बचाएर मौलिकतामा आधारित आधुनिकरणको लागि स्थितिगत्यामक प्रगतिवाद अपरिहार्य छ । विविधताले भरिएको नेपाल जस्तो देशमा घृणामा आधारित राष्ट्रराज्य, द्वि–राज्ट्रराज्य र बहृराष्ट्रियराज्यको मान्यतालाई विस्थापित गरी सहृदयताको अवधारणा बोकेको राज्यराष्ट्र सिद्धान्तलाई मुलप्रभाहीकरण गर्नु आवश्यक छ् ।

जरोकिलो महाअभियानका सङ्कल्पकर्ता तथा युगद्रष्टा डा.निर्मलमणि अधिकारी भन्नुहुन्छ “ बेइजिङ र दिल्लीमा श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको शालिक स्थापना गर्ने एवं उहाँको तस्बीरमा माल्यार्पण गर्ने गराउने हो अब । नेपालमा माओत्सेतुङ र महात्मा गान्धीका तस्बीरहरुमा माल्यार्पण गर्नेहरुका पाइन ७ दशकदेखि हेरिरहेकै हौँ, अब प्रतिमान बदलौँ ।” गुरुले भने जस्तै सम्पुर्ण युवाहरुले अब प्रतिमान बदल्नु आवश्यक छ । अब प्रत्येक कार्यक्रमहरुमा नेपालका विभुतिका फोटोहरु, राष्ट्रिय योगदान गरेका पुर्खाहरुका फोटोहरु राखेर विश्व सामु चिनाउने बेला आएको छ ।

नेपालका मौलिक रैथाने धर्म, संस्कृति, रितिथिति, भाषा, कला साहित्य, शिल्प, एद्यम आदिका क्षेत्रमा पुनर्जागरण, पहिचान एवं अस्मिताको खोजी, अनुसन्धान, विकास, मूलप्रवाहीकरण जस्ता कार्यलाई अगाढि बढाउनु आवश्यक छ ।

तपाई हामी सबैले आफ्ना अग्रजप्रति सम्मान र आफ्नो देश र समाज प्रति कर्तव्यबोधको भावका साथ अन्ततोगत्वा नेपाललाई नयाँ वैश्विक संरचनाको अग्रणी एवं केन्द्र बनाउनुको लागि सबै एकजुट हौँ । राष्ट्रनिर्माता प्रति सम्मान एवं भक्तिभाव राख्ने सम्पुर्ण सहृदयजनहरुमा पृथ्थीजयन्ती एवं राष्ट्रिय एकता दिवसको हार्दिक शुभकामना । अघि बढौँ यो युग हाम्रो हो । नेपाल मातर्म
(लेखक प्रगतिवादी युवा समाज नेपालका अध्यक्ष हुन )

 

सम्बन्धित खबरहरु