काठमाडौ । विज्ञानले पत्ता लगाएको छ की हाम्रो सौर्यमण्डलदेखि सबैभन्दा नजिक अर्को सौर्यमण्डल ‘अल्फा सेन्टुरी सिस्टम’ हो। यस सिस्टममा तीनवटा तारा छन् (अल्फा सेन्टुरी ए, अल्फा सेंटरी बी र अल्फा सेन्टुरी सी अथवा प्रोक्सिमा सेन्टुरी। यो ‘ट्रिपल स्टार सिस्टम’ हो। अल्फा सेन्टुरी ए र बी एक अर्काको परिक्रमा गर्छन् ।

 

अल्फा ए ‘मास’ र चमक दुबैमा हाम्रो सूर्य भन्दा धनी छ अल्फा बी भने सूर्य भन्दा आधी जति मात्रै छ। यिनले एक अर्काको परिक्रमा झण्डै ८० वर्षमा पूरा गर्छन्। परिक्रमा गर्ने कारणले यिनीहरु बीचको दूरी थपघट भई रहन्छ। नजिक हुँदा यिनीहरु बीचको दूरी ११ एस्ट्रोनॉमिकल यूनिट (झण्डै सूर्य र शनि ग्रह बीचको दूरी) र टाढा हुँदा दूरी ३५.६ एस्ट्रोनॉमिकल यूनिट ( सूर्य र प्लूटो बीचको दूरी समतुल्य ) हुने गर्छ।

 

अल्फा सी अथवा प्रोक्सिमा सेन्टुरी भने यी दुबै भन्दा १३००० एस्ट्रोनॉमिकल यूनिट टाढा ( ०.२१ प्रकाश वर्ष ) छ। पृथ्वीको विज्ञान जगतमा चर्चा अहिले यसै प्रोक्सिमा सेन्टुरीको भइरहेको छ। यो चर्चा हुने विशेष कारण छ। कारण के भने हाम्रो सूर्यको सौर्य मण्डलको एक मात्र जीवन्त ग्रह (अहिलेसम्म थाहा भए अनुसार) पृथ्वीबासीको सबैभन्दा ठूलो खोज गर्ने चाहना तपाईको विचारमा के हुन सक्छ ?

 

निसन्देह यसको उत्तर एउटै हुन्छ। त्यों हो पृथ्वी बाहेक अन्य कुनै खगोलीय पिण्डमा आफु जस्तो अथवा आफुभन्दा उन्नत किसिमको जीवन छ कि छैन बारे जान्ने अभिलाषा। पृथ्वीका तमाम वैज्ञानिक यस खोजमा संलग्न छन्। प्रोक्सिमा सेन्टुरीबाट यस सम्बन्धमा अमूर्त सन्देश आएको छ।

 

पहिला यस अमूर्त सन्देश बारे सामान्य चर्चा गरौं। परग्रही (एलियन) विषयक खोजमा आबद्ध वैज्ञानिकहरुले बेला मौकामा पृथ्वीभन्दा बाहिरबाट आएका रेडियो सन्देश प्राप्त गर्ने गरेका छन्। यस्ता सन्देश अर्बौ प्रकाश वर्ष टाढाबाट प्राप्त हुने गर्छन्। वैज्ञानिकहरुले यस्ता सन्देशलाई ‘फास्ट रेडियो ब्रस्ट’ नामकरण गरेका छन्। हाम्रै आकाशगंगा ‘मिल्की वे’ र अर्बौ प्रकाश वर्ष टाढाका ‘ग्यालेक्सी’ बाट आएका यस्ता रेडियो सन्देश थुप्रै पटक ‘डिटेक्ट’ भएका छन्।

 

वैज्ञानिकहरुले यस्ता प्रत्येक रेडिटो सन्देशलाई बेग्ला–बेला बेग्लै नाम दिने गरेका छन्। पृथ्वीका वैज्ञानिकले पहिलो पटक यस्तो रेडियो सन्देश ‘डिटेक्ट’ गर्ने सफलता पाएको धेरै समय भएको छैन। सन २००७ मा अमेरिकन खगोलशास्त्री डंकन लोरिमर ले सबैभन्दा पहिला यो काम सम्पन्न गर्ने सफलता पाएका थिए।

 

वैज्ञानिकहरुले प्राप्त गर्ने यस्ता रेडियो सन्देशमा ५० करोड़ प्रकाश वर्ष टाढा रहेको मध्यम आकारको ‘स्पाइरल ग्यालेक्सी’ बाट आएको रेडियो सन्देश ‘१८०९१६’ लाई सबै भन्दा अनौठो एवं विचित्रको मानेका थिए। यो रेडियो सन्देश कैयन पटक आवधिक रुपमा ग्रहण गरिएको थियो।

 

अब आएर यसै क्रममा वैज्ञानिकहरुले सन २०१९ मा प्राप्त भएको रेडियो सन्देश माथि अनुसन्धान गर्ने क्रममा आश्चर्यजनक तथ्य फेला पारेका छन्। २०१९ को २४ सेप्टेम्बरमा खगोलविदले दुइवटा नयाँ रेडियो सन्देश एफआरबी २००९१४ र एफआरबी २००९१९ ‘डिटेक्ट’ गरेको जानकारी दिएका थिए।यी रेडियो सन्देश अस्ट्रेलियाको न्यू साउथ वेल्स स्थित पार्केस शहरको पार्केस रेडियो टेलिस्कोपले ‘डिटेक्ट’ गरेको थियो। त्यस बेला यी रेडियो सन्देश आउने श्रोत पत्ता लागेको थिएन।

 

अहिले आएर थप अनुसन्धान भएपछि आश्चर्यजनक तथ्य उजागर भएको छ। यी सन्देश हाम्रो सबैभन्दा निकटको छिमेकी सौर्य मण्डल ‘अल्फा सेन्टुरी सिस्टम’ को प्रोक्सिमा सेन्टुरी तारातिरबाट आएको पत्ता लागेको छ। निकटस्थ सौर्य मण्डलबाट रेडियो सन्देश प्राप्त हुनु एलियनको खोजीमा रहेका वैज्ञानिकका लागि उत्साहजनक बनेको छ। प्राप्त जानकारी अनुसार यी रेडियो सन्देशको तरंग फ्रीक्वेंसी ९८२ मेगाहर्ट्ज़ रहेको थियो। र यसको फ्रीक्वेंसीमा प्रोक्सिमा सेन्टुरी तारा अथवा यसका ग्रहहरुको खगोलीय गतिविधिका कारण निरन्तर परिवर्तन भइरहेको थियो।

 

के त्यसो भए एलियन अर्बौ प्रकाश वर्ष टाढा होइन हाम्रै छिमेकी सौर्य मण्डल प्रोक्सिमा सेन्टुरीमै छन् ? अनुसन्धानमा संलग्न पेंसलभानिया युनिभर्सिटीकी सोफिया शेखका अनुसार अहिलेसम्म प्राप्त भएका रेडियो सन्देशहरुमा यो सन्देश नै सबैभन्दा रोचक र विचित्रको बन्न पुगेको छ। अहिले नै स्पष्ट रूपमा केही भन्न सकिँदैन। तर यति नजिकबाट रेडियो सन्देश प्राप्त हुनुले धेरै कुराको संकेत गर्छ।

 

वैज्ञानिकहरुले यस रेडियो सन्देशलाई ‘ब्रेकथ्रू लिसिन क्यान्डिडेट १’ नामकरण गरेर थप ‘रिसर्च’ गरी रहेका छन्। अल्फा सेन्टुरी सिस्टम सूर्यबाट ४.३७ प्रकाश वर्ष भए पनि प्रोक्सिमा सेन्टुरी र सूर्य बीच दूरी ४.२४ प्रकाश वर्ष मात्रै छ। अर्थात हाम्रो सूर्यको प्रकाश त्यहाँ पुग्न ४.२४ वर्षको समय (५०.५१ महीना) लाग्छ। रेडियो सन्देशको गति पनि (इन्टरनेट को पनि ) प्रकाश सरह नै हुन्छ। अर्थात पृथ्वीबाट प्रोक्सिमा सेन्टुरीसम्म रेडियो सन्देश पुग्न अथवा त्यहाँबाट पृथ्वीसम्म रेडियो सन्देश आई पुग्न ४.२४ वर्षको समय लाग्छ। अब यो अनौठो बन्दै गएको छ । उनीहरुको त्यति तिव्र प्रविधिले छिटो सन्देश आयो की भन्ने सोच्न बाध्य छन् ।

प्रोक्सिमा बी जम्मा ४.२४ प्रकाश वर्ष टाढा भए पनि यो दूरी पृथ्वीको विज्ञानका लागि अकल्पनीय छ। पृथ्वीको विज्ञानले विकास गरेको सर्वाधिक गतिको रकेटबाट पनि यो दूरीमा पुग्न ७० हज़ार वर्षको समय लाग्छ । प्रोक्सिमा सेन्टुरी ताराका अहिलेसम्म ज्ञात भएका दुइवटा ग्रह छन् – प्रोक्सिमा बी र प्रोक्सिमा सी। प्रोक्सिमा बी झण्डै पृथ्वी आकारको ग्रह हो। यसको खोज (पृथ्वीवासीका निमित्त) जम्मा ४ वर्ष पहिला सन २०१६ मा भएको थियो।

 

यो आफ्नो सूर्यबाट (प्रोक्सिमा सेन्टुरीबाट ) ०.०५ एस्ट्रोनॉमिकल टाढा ( झण्डै ७५ लाख किमी ) छ र यसले आफ्नो सूर्यको परिक्रमा झण्डै पृथ्वीका ११.२ दिनमा पूरा गर्छ । प्रोक्सिमा सी भने पृथ्वी भन्दा झण्डै चार गुना ठूलो वरुण ग्रह आकारको छ। र यो पृथ्वी भन्दा झण्डै ७ गुना ‘म्यासिभ’ छ। यसको आफ्नो सूर्यसंग दूरी १.४९ एस्ट्रोनॉमिकल यूनिट अर्थात २२,३०००,००० किमी छ। यसले आफ्नो सूर्यको एउटा परिक्रमा गर्न १९२६ दिन अर्थात पृथ्वीका ५.२८ वर्षको समय लगाउँछ।

 

पृथ्वीका वैज्ञानिकको बुझाइअनुसार ‘प्रोक्सिमा सी’मा जीवन हुने सम्भावना अत्यन्त कम छ। यसको कारण भने यो ग्रह आफ्नो सूर्यदेखि ‘हयाभीटेबल जोन’मा छैन । त्यसो त प्रोक्सिमा बी पनि नजिक भएका कारण ( हाम्रो सौर्य मण्डलको हिसाबमा ) ‘हयाभीटेबल जोन’मा पर्दैन। तर प्रोक्सिमा सेन्टुरी तारा (सूर्य) को क्षमता हाम्रो सूर्य भन्दा निकै कम छ। प्रोक्सिमा सेन्टुरीको डायमीटर हाम्रो सूर्यको भन्दा सातौ भाग मात्रै, घनत्व ३३ गुना कम र द्रव्यमान ८ गुना कम छ। यस कारण यसको ‘लुमिनोसिटी’(चमक –विकिरणित विद्युत चुम्बकीय शक्ति का एक अचूक शक्तिलाई चमक भनिन्छ ) ७५ लाख किमी टाढा हुने प्रोक्सिमा बी का लागि ‘हयाभीटेबल जोन’ हुन सक्छ।

 

हुन त प्रोक्सिमा बी जम्मा ४.२४ प्रकाश वर्ष टाढा भए पनि यो दूरी पृथ्वीको विज्ञानका लागि अकल्पनीय छ। पृथ्वीको विज्ञानले विकास गरेको सर्वाधिक गतिको रकेटबाट पनि यो दूरीमा पुग्न ७० हज़ार वर्षको समय लाग्छ। कथं कदाचित त्यहाँ मानिस छन् भने पनि अथवा कल्पना गरौं हामी मध्ये कोही त्यहाँ पुग्छ र उसले इन्टरनेट मार्फ़त कुनै सन्देश पठाउछ भने त्यो सन्देश पृथ्वीमा उसका साथी भाईसम्म आई पुग्न ४.२४ वर्षको समय लाग्छ। पृथ्वीको विज्ञानले भर्खरै मात्र क्वान्टम कम्प्यूटर बनाउने सफलता पाएको छ। यस उपलब्धिले क्वाण्टम इंटेंगलमेंट (बहुत नाजुक स्थिति) को ढोका उघारी दिएको छ। आउने भविष्यमा यो सम्भव भयो भने हामीले कल्पना पनि गर्न नसक्ने परिवर्तन आउछन्।

सम्बन्धित खबरहरु