काठमाडौ । सृजना भुजु र उनका ७ बर्षीय छोरा अहिले विचल्लीमा परेका छन् । सानै उमेरमा विवाह भयो । सानै उमेरमा बच्चा जन्मियो । कम उमेरमा आमा बनेका कारण शरीरपनि कमजोर छ । त्यहीमाथी २४ बर्षमै श्रीमानको मृत्युको शोक भोग्नु पर्यो । श्रीमानको मृत्युपछि सासुले सबै सम्पत्ति बेचेर पोइल गइन् । अब उनीहरुका लागि सडकमापनि बास भएन ।

 

आमा छोराको विचल्ली भयो । उनी काम गर्न विभिन्न ठाउँमा पुगिन् । त्यहाँपनि राम्रो व्यबहार भएन । यो दु:खमाथी भक्तपुरको जगातीमा माता महाकालीको नामले चिनिनुभएकी माताले आमा र छोरालाई शरण दिनुभएको छ । उहाँले काम गर्ने कामदार भन्दापनि सेवा गर्ने दृष्टिले साथमा राख्नुभएको छ ।

 

तर अब केहीपनि नभएका आमा छोराको भविष्य कसरी उज्यालो बनाउँने भन्ने चिन्दा माता र सृजना दुबैको देखियो । यसैले उहाँहरु दुबैले सहयोगको अपिल गर्नुभएको छ । कम्तिमा अबोध बालक छोराको पढाईमा केही सहयोग जुटाउन सकेमा भविष्य बन्थ्यो की भन्ने आशा छ । यसैले सहयोगको अपिल गरिएको छ । थप भिडियोमा यसरी हेर्नुहोला ।

https://www.youtube.com/watch?v=LwiF8VJvivk&t=15s

 

For Help Bank Account Name :- Shreejana bhuju Bank :- prabhu bank branch : maitidevi Account Number :- 16310701451997000001 phone Number :- 9823830832

 

 

सम्बन्धित खबरहरु