काठमाडौं । हालै प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारस्थित निवासमा अन्तरवार्ता दिएका एक भारतीय पत्रकारले नेपालबारे दुष्प्रचार सुरु गरेका छन् । लामो समयदेखि निरन्तर नेपालमाथि प्रहार गरिरहने भारतीय जी न्यूजले फेरि नेपालको राष्ट्रियतामाथि चोट पुग्ने आपत्तिजनक बयानबाजी सुरु गरेको छ । जी न्यूजका प्रधानसम्पादक सुधीर चौधरीले कालापत्थर पुगेर सगरमाथालाई पृष्ठभूमिमा राखेर भारतले हक राख्नुपर्ने बताएका हुन् ।

प्रधानमन्त्री ओलीसँगको अन्तरवार्ता प्रशारण्न भएको एकदिनपछि चौधरीले यस्तो बयान दिएका हुन् । उनले भनेका छन, ‘अब भारतले माउन्ट एभरेष्टमाथि आफ्नो दाबी सारा विश्वका अगाडि राख्नुपर्छ ।’ उनले सगरमाथाको नाम ‘राधानाथ सिकदर’ राख्नुपर्ने पनि बताएका छन् । चौधरीका अनुसार राधानाथ सिकदरले पहिलोपटक सगरमाथाको उचाइ नापेका कारण सगरमाथाको नाम पनि उनैको नामबाट राख्न भारतले दबाब दिनुपर्छ ।

सम्बन्धित खबरहरु