कास्की । कास्की जिल्लाको पोखरा महानगरपालिका २२ लेकसाईड स्थित फेवा तालमा डुवेर बेपत्ता भएका एक जनाको लाश एपीएफ टोलीले पौष २९ गते फेला पारेको छ । सोही ठाउँ बस्ने २४ वर्षिय सन्तोष परियार यही पौष २२ गते उक्त तालमा डुवेर बेपत्ता भएका थिए । सशस्त्र प्रहरी बल, नेपाल नम्बर २४ गण कास्कीबाट खोजी कार्यको लागि खटिएको एपीएफ टोलीले उनको लाश पानीमा तैरिरहेको अवस्थामा फेला पारि पानीबाट बाहिर निकालेको हो ।

झापा जिल्लाको मेची नगर नगरपालिका ७ स्थित सीमा ईलाकाबाट पौष २९ गते एपीएफ टोलीले करीव एक लाख २३ हजार रुपैयाँ बराबरको औषधी बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको ओरियन्स कम्पनीको विभिन किमिसका औषधी सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट काँकडभिट्टाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद औषधी मेची भन्सार कार्यालय झापामा बुझाईएको छ ।

सम्बन्धित खबरहरु