काठमाडौं । काठमाडौंको भद्रकालीमा बस पल्टिएको छ । रत्नपार्क–भद्रकाली सडकखण्डमा बा ३ ख ४४३७ नम्बरको एक यात्रुबाहक बस दुर्घटनामा परेको हो । भद्रकाली नजिकैको आकासे पुल नजिक चन्द्रागिरि यातायातको बस बिहीबार बिहान ७ः५५ बजेतिर सडकमै पल्टिएको जनाइएको छ । जानकारी अनुसार बसमा तीन जना सवार थिए ।

तर दुर्घटनामा चालक र एक जना बच्चा गरी दुई जना मात्रै घाइते भएका छन् । घाइते दुवैको ट्रमा सेन्टरमा उपचार हुँदैछ । घाइतेमध्ये चालकको अवस्था गम्भीर छ । बसमा सवार रहेका भनिएका अर्का एक व्यक्ति भने सम्पर्कमा नरहेको जनाइएको छ । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । बस दुर्घटनाको कारण खुलेको छैन । चालकले नियन्त्रण गुमाएर बस दुर्घटना भएको अनुमान गरिएको छ ।

सम्बन्धित खबरहरु