काठमाडौं । नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा भाग लिन परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली आज (बिहीबार) भारतको नयाँदिल्ली जान लागेका छन् । ज्ञवालीले तीन दिने भारत भ्रमणका क्रममा भारतीय उच्च अधिकारीसँग भेट गर्ने भएका छन् । आयोगको बैठकमा नेपाल भारत सीमा क्षेत्र व्यवस्थित गर्ने व्यापार तथा पारवहनको विषयमा समेत छलफल हुने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

भ्रमणको समयमा परराष्ट्रमन्त्री ज्ञवालीले कोरोना संक्रमणविरुद्धको खोपको विषयमा भारतसँग सहकार्य गर्ने विषयमा समेत छलफल गर्ने जनाइएको छ । तीन दिने भ्रमणका क्रममा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई समेत भेट्ने सम्भावना रहेको छ । उनले राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग भेट गर्ने सम्भावना रहेको जनाइएको छ ।

सम्बन्धित खबरहरु