काठमाडौं । उपचारको क्रममा पूर्वराज्यमन्त्री एवम् भूमि व्यवस्थापन तथा सुकुमबासी समस्या समाधान आयोगका सदस्य दिनेशचन्द्र यादवको निधन भएको छ । काठमाडौंमा ग्राण्डी अस्पतालमा उनको बिहीबार बिहान निधन भएको हो ।

उनी नेकपा बाँकेको इञ्चार्ज समेत रहेका थिए । यादव पूर्व खानेपानी तथा सरसफाइ राज्यमन्त्री र संविधानसभाका सदस्य पनि रहेका थिए । मधुमेहबाटसमेत पीडित यादवलाई यही पुस १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

सम्बन्धित खबरहरु