काठमाडौं । जन्ती बोकेको जीप दुर्घटनाग्रस्त भएको छ । गुल्मीमा जिल्लाको कालीगण्डकी गाउँपालिका–२ अर्बेनी कोटदेखि बिहेका लागि स्याङजाको जैपते जाँदै गरेको ग १ ज ५०८६ नम्बरको जीप सोही वडाको खर्क नजिकैको ओरोलोमा दुर्घटनाग्रस्त भएको जनाइएको छ । जीपमा करिब १५ जना सवार रहेको बताइएको छ ।

जीपमा सवार प्रकाश पान्डे, शोभाखर, शिवलाल, चालक राजन पाण्डे र नाम नखुलेका सहचालकलाई शरीरका विभिन्न भागहरुमा चोट लागेको छ । उनीहरुलाई स्याङ्जाको मिर्मी तर्फ उपचारका लागि लगिएको छ । घटना स्थल तर्फ पुर्तिघाट प्रहरी चौकीको टोली जाँदै गरेको छ । घटनाको बारेमा विस्तृत विवरण आउँन बाँकी रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबरहरु