काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सवार हेलिकप्टर गोरखामा आकस्मिक अवतरण भएको छ । जिल्लाको पालुङटारको आँपपिपल भन्ने स्थानमा हेलिकप्टर आकस्मिक अवतरण गरिएको हो । देउवा काठमाडौंबाट पर्वत जाँदै गर्दा मौसम खराबी भएकाले केहीबेरअघि हेलिकप्टर आकस्मिक अवतरण भएको प्रहरीले जानकारी दिएको छ ।
पर्वतका लागि उडेको देउवा सवार हेलिकप्टर आकस्मिक अवतरण
जनबोली न्यूज नेटवर्क
बिहिबार १ माघ, २०७७
पढ्न लाग्ने समय: < 1 minute