खोटाङ । खोटाङ जिल्ला अदालतमा कार्यरत कर्मचारी पढ्दा–पढ्दै मृत भएको अवस्थामा फेला परेका छन् । उनी आफु बस्ने कोठामा कपडा ओढेर सुतिरहेको अवस्थामा मृत भेटिए । नजिकै टेबलमा रहेका किताबहरु हेर्दा उनी पढिरहेका थिए ।

 

प्रहरीको प्रारम्भिक अनुशन्धान अनुसार उनी उच्च रक्तचापका कारण मृत्यु भएको आँकलन गरिएको छ । उनी सुर्खेत स्थायी घर भएर जिल्ला अदालत खोटाङमा कार्यरत सरकारी कर्मचारी कमलदिप ढकाल भएको खुल्न आएको छ । उनी अदालतमा तामेल्दार पदमा कार्यरत थिए । शाखा अधिकृतको तयारी गरिरहेका थिए ।

 

 

सम्बन्धित खबरहरु