उर्लाबारी । हामी अभिभावकले बाल–बालिकालाई ध्यान नदिँदा परिवारको खुशी खोसिएका कयौँ घटनाहरु छन् । अहिले मोरङको उर्लाबारीमा यस्तै भएको छ । सानो गल्तीका कारण परी जस्ती ७ वर्षीया अदीतिले संसारबाट बिदा लिइन् । उनीको मोटरसाइकलको ठक्करबाट मृत्यु भयो ।

दुर्घटनामा परेर उर्लाबारी नगरपालिका–८ खाइवाचोककी ७ वर्षीया अदिती ओझाको मृत्यु भएको हो। अदितीलाई को२०प ९७२७ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो । यहाँ सानो गल्ती हुँदा बालिकाको मृत्यु भयो इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक उद्धव पोखरेलले जानकारी दिनुभयो ।

अटोबाट ओर्लने क्रममा मोटरसाइकलले अदितीलाई ठक्कर दिएको थियो। उनकी आमा बिपिशा ओझाका अनुसार सोमबार दिउसो २ः३० बजेतिर उत्तरतर्फ जाँदै गरेको मोटरसाइकलले ठक्कर दिँदा बालिका ’म्भीर घाइते भएकी थिइन्। अटोबाट ओर्लने क्रममा अभिभावक वा चालकले दायाँ बायाँ हेरेर मात्र ओर्लिन भनेको भए यो घटना हुने थिएन । सडकमा नै रोक्ने र सवारीको दायाँ तर्फबाट नै चालकले यात्रु ओराल्नु हुँदा यस्ता धेरै घटना भएका छन् ।

अदीतिकोपनि यही भयो । उनको उपचारका क्रममा साँझ ७ः३० बजेतिर विराटनगरको विराट नर्सिङ होम एवं विराटनगर अस्पतालमा मृत्यु भएको प्रहरी निरीक्षक पोखरेलले बताउनुभयो । दुर्घटनामा परेर मोटरसाइकल चालक उर्लाबारी ५ का ५० वर्षीय विनोद अग्रवाल पनि सामान्य घाइते हुनुभएको छ ।

उहाँको प्रहरी निगरानीमा गोदावरी अस्पताल उर्लाबारीमा उपचार सम्भव नभएपछि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ। घटनाको अनुसन्धान थालेको प्रहरीले मोटरसाइकल नियन्त्रणमा लिएको छ।

ओझाको मृत्युको घटनाले गाउँ शोकमा डुबेको छ। यता दुबै सवारी चालकको त्रुटीका बारेमापनि प्रहरीले अनुशन्धान थालेको छ । सवारीबाट ओर्लिने बेला सचेत बनौँ । सचेतनाका लागि सबै सेयर गरौँ ।

सम्बन्धित खबरहरु