काठमाडौं । नेपाल सरकारद्धारा प्रतिबन्धित नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले नेपाल बन्द गर्ने भएको छ । विप्लव नेकपाका तेस्रो वरियताका नेता धर्मेन्द्र बास्तोला ‘कन्चन’ पक्राउ परेका हुन् । प्रहरीको विषेश ब्युरोको टोलीले बास्तोलालाई बुधबार ललितपुरबाट नियन्त्रणमा लिएको हो ।

आफ्ना नेता पक्राउ परेको विरोधमा विप्लव समूहले संघर्षका कार्यक्रम घोषणा गरेको हो । विप्लव माओवादीले माघ ३, ५,७ र ९ गते देशभर विरोध जुलुस गर्ने र माघ १० गते नेपाल बन्द गर्ने जानकारी दिएको छ । तपाईंलाई जानकारी गराउ कि कन्चन केन्द्रीय समिती सचिवालय सदस्य हुन् । उनीसँगै ब्युरो सदस्य विवेक र विशाल पनि पक्राउ परेका छन् ।

सम्बन्धित खबरहरु