काठमाडौं । हालै विश्वको सर्वोच्व शिखर सगरमाथाबारे विवादास्पद बयानबाजी दिने भारतीय पत्रकारले भुल सुधार गरेका छन् । सगरमाथालाई लिएर गलत्त सामाग्री प्रसारण गरेको भारतीय टेलिभिजन च्यानल जी न्युजले आफ्नो रिपोर्टलाई लिएर स्पष्टिकरण दिएको हो ।

जी न्युजका प्रधान सम्पादक सुधीर चौधरीले बुधबार राति प्रसारण भएको आफ्नो कार्यक्रममार्फत आफूले सगरमाथामाथि दाबी पेश गर्न नचाहेको भन्दै भुल सुधार गरेका छन् । उनको भनाईको अर्थ भारतले सगरमाथालाई माउन्ट एभरेस्टको सट्टा माउन्ट सिकन्दरका नामबाट चिन्नुपर्ने उनको तर्क रहेको छ ।

 

उनको चर्चित कार्यक्रम डिएनएमा चौधरीले भनेका छन्, ‘माउन्ट एभरेस्ट त जहाँ छ त्यही रहन्छ। नेपालले माउन्ट एभरेस्टलाई सगरमाथा भन्ने गरेजस्तै भारतले पनि आफ्ना लागि छुट्टै नाम राख्नको लागि अभियान थाल्नुपर्छ भनेका हौं ।

 

हामीले नेपालबाट केही खोस्न चाहेका हाइनौं । माउन्ट एभरेस्ट नेपालकै हो । यो नेपालको सगरमाथा राष्ट्रिय निकुञ्जमा पर्छ ।’ भिडियोमा उनले आफूले नेपाललाई नभई अंग्रेजलाई चुनौति दिन चाहेको बताएका छन् ।

 

 

सम्बन्धित खबरहरु