काठमाडौं । केही दिनदेखि नेपालमा भारतका एक पत्रकारको चर्चा निकै चुलिएको छ । सोमवार प्रधानमन्त्री केपी शर्मा ओलीको अन्तर्वार्ता प्रशारण गरेको भारतीय जनता पाटीको मुखपत्र मानिएको जी टेलिभिजनका प्रधान सम्पादक सुधीर चौधरी र जी मिडियाको नै अंग्रेजी संस्करण डब्लुआइ न्युजका पाल्की शर्मा उपाध्याय सगरमाथा आधार शिविरमा पुगेको विषय विवादमा परेको छ ।

 

उनीहरुको टोलीले सगरमाथामा भारतले पनि दाबी प्रस्तुत गर्न सक्ने भन्दै सामग्री सार्वजनिक गरेपछि नेपालमा नयाँ बहस सुरु भएको छ । उनले बोलेका कुराहरु भन्दा पनि गम्भीर विषय भनेको नेपाल–चीन सम्बन्ध महत्वपूर्ण रहेको छ । भारतमा पत्रकार भन्दा पनि भाजपाको प्रवत्ताका रुपमा रहेका चौधरीसहितको भारतीय टोली सगरमाथा क्षेत्रमा पुगेको कुरा चीनलाई मन नपर्ने धेरैको बुझाई रहेको छ ।

डरलाग्दो कुरा के भने सगरमाथा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्त संरक्षण विभाग र सगरमाथा राष्ट्रिय निकुञ्जले यसबारे कुनै जानकारी नै पाएन् । मंगलवार जी न्यूजमा सुधीर चौधरीले सगरमाथामा भारतले पनि दाबी गर्नुपर्ने भन्दै नाम परिवर्तनको अभियान सुरु गरेपछि मात्रै जानकारी पाएका हुन् ।

 

यसर्थ चौधरीसहितको समुह विना अनुमति कालापत्थरसम्म पुगेको रहेछ । सिम्रिक एयरको हेलिकोप्टरबाट पुगेको टोली कहिले सगरमाथा आधार शिवर तथा कालापत्थरमा पुग्यो भन्ने कुरा निकुञ्ज तथा विभागलाई समेत कुनै जानकारी नरहेको स्पष्ट भएको छ ।

 

सगरमाथा राष्ट्रिय निकुञ्ज भित्र हेलिकोप्टरको अवतरण र शिखरको आसपासमा उडानका लागि एक पटकका लागि सात हजार ५०० रुपैयाँ राजस्व तिर्नुपर्छ । अर्कोतिर हेलिकोप्टर प्रवेशका लागि पूर्व स्वीकृति आवश्यक पर्ने नियमावलीमा उल्लेख छ । अर्को महत्वपूर्ण कुरा के हो भने सगरमाथा निकुञ्जभित्र डकुमेन्ट्री तथा फिल्म छायांकनका लागि पूर्व स्वीकृति लिइ शुल्क तिर्नुपर्छ ।

 

 

सम्बन्धित खबरहरु